जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी अध्यक्ष उपेन्द्र यादवले अक्षम्य अपराध गरेकाले उनलाई कारवाही गरिने बताएका छन् ।
पार्टीको आधिकारिक धारणाविपरीत वैकल्पिक सरकार निर्माण गर्ने भनेर गठबन्धन बनाएर विज्ञप्ति जारी गर्नु पार्टी विभाजन गर्ने काम भएकाले यादवलाई कारवाही गरिने महतोले बताए।
‘मधेशी, आदिवासी, जनजाति, शोषित पीडितहरूलाई अधिकार दिलाउन तथा देशको वैकल्पिक शक्ति निर्माण गर्ने उद्देश्यले जसपा गठन भएको हो,’ महतोले लोकान्तरसँग भने, ‘तर, उनले पार्टीको आधिकारिक निर्णय नै न...