प्रचण्डको कारवाहीलाई आयोगले मान्यता नदिएपछि भर्चुअल बैठक बसी पार्टी छाडेका जनप्रतिनिधिलाई कारवाही

नेकपा माओवादी केन्द्रले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर अहिले नेकपा एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई कारवाही गरेको छ । सोमवार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठकले पार्टी छाडेका पदाधिकारीमाथि कार्वाही गरेको हो ।  रौतहटका दुईजना मेयरसहित अन्य पार्टीमा लागेका स्थानीय तहका पदाधिकारीलाई कारवाही गरिएको केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरलाई जानकारी दिए । यसअघि केन्द्रीय समितिले दिएको अधिकार प्रयोग गर्दै प्रचण्डले उनीहरूमाथि कारवाही गरेका थिए ।  प्रचण्डले गरेको कारवाहीलाई ...