हेटौंडा : आसन्न स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएका एमालेका सदस्यहरुलाई नेकपा एमाले मकवानपुरले कारवाही गरेको छ। पार्टीको संगठित सदस्य हुँदाहुँदै जिल्लाको विभिन्न स्थानीय तहमा पार्टीको निर्णय विपरित उम्मेदवारी दिएर फिर्ता नलिएकाहरुलाई कारवाही गरिएको हो।
पार्टी निर्णय उल्लंघन गर्ने मकवानपुरगढी गाउँपालिकाका कृष्ण कंडेल, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का विशालराज…