राष्ट्रिय राजनीतिमा ट्वीस्ट : एमालेद्वारा माधव नेपालसहितका ४ नेतामाथिको कारवाही फुकुवा

नेकपा एमालेले माधव नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई गरेको कारवाही फुकुवा गरेको छ । बिहीवार बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतामाथिको कारवाही फुकुवा गर्दै थप निर्णय लिने जिम्मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । बैठकले चार नेतामाथिको कारवाही फुकुवा गरेको र पार्टी तथा सरकारबारे थप निर्णय लिने जिम्मा अध्यक्षलाई दिएको एमाले संगठन विभाग प्रमुख समेत रहेका अर्थमन्त्री विष्णु पौडेलले लोकान्तरलाई जानकारी दिए । यसअघि समानान्तर गतिविधि गरेको भन्दै एमालेले चार नेतालाई ६ महिनाका लागि निलम्...

सम्बन्धित सामग्री

विवेकशील साझामा फर्किँदै मिलन पाण्डे, माघ २७ मा महाधिवेशन हुने

काठमाडौं । विवेकशील साझा पार्टीले महाधिवेशनको तयारी थालेको छ। माघ २७ र २८ गते महाधिवेशन गर्नेगरी तयारी थालेको हो। पार्टीभित्रको विवादको क्रममा अध्यक्ष रविन्द्र मिश्रले कारवाही गरेको नेता मिलन पार्टी फेरि सक्रिय भएका हुन्। अध्यक्ष मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेपछि पार्टीको सक्रिय राजनीतिमा पाण्डे फर्किएका हुन्। पार्टीलाई अझ प्रोग्रेसिभ, अझ लोकतान्त्रिक, अझ भविष्यमुखी, […]

‘संविधानलाई बंग्याएर चुनाव सार्न खोजिँदैछ’

नेकपा एमालेका नेता डा. भीम रावल हाल पार्टीमा कुनै कार्यकारी पदमा छैनन् । मंसिरमा भएको एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा केपी ओलीसँग पराजित भएका उनी पार्टी केन्द्रीय सदस्य समेत हुन मानेनन् । विगतमा केपी ओलीले संसद् विघटन गर्दा त्यसको विपक्षमा उभिएर संघर्ष नै गरेका थिए रावलले ।ओली नेतृत्वको सरकार बहिगर्मनपछि बनेको पाँच दलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारका काम कारवाही र कार्यशैलीलाई कसरी हेरिरहेका छन् उनी ? स्थानीय निर्वाचन सार्ने गठबन्धनको निर्णयले नेपालको राजनीतिमा कस्तो

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकका ४ निर्णय

नेकपा एमाले स्थायी समितिले माधव कुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डे माथि गरेको कारवाही फिर्ता गरेको छ ।पार्टी, राष्ट्रिय राजनीतिमा देखा पर्ने परिस्थितिमा निर्णय गर्ने अधिकार अनुरुप अध्यक्षले विगतका कुरा बिर्सेर एकतामा योगदान गर्न भन्दै निलम्बन फुकुवा गरेको नेता प्रदीपकुमार ज्ञवालीले बताए ।बैठकले पशुपति चौलागाईको श्रद्धाञ्जलीमा पार्टीको झण्डा ३ दिन झुकाउने निर्णय गरेको बताए l