बारा : वडा कार्यालय र दलित भवन बनाउने नाममा करिब ४५ वर्ष पुरानो पिपल चौतारी भत्काएको बारा डुमरवानाका सुनिल चौधरीलाई चित्त बुझेको छैन।नेपाल राष्ट्रिय मावि डुमरवानाको मुल गेटमा रहेकोे चौतारीमा गाउँघरका बूढापाका दिनभर आराम गर्थे, साना व्यापारीहरू चटपटे, पानी पुरी, चियाको व्यापार गर्थे, विद्यार्थी बसेर खाजा खान्थे।‘वडा कार्यालय र दलित भवन बनाउने भन्दै पिपल काटे, चौतारी पनि भत्काए, हामीलाई चित्तबुझेको छैन’ चौधरीले भने,‘असाध्यै उजाड लागेको छ, बूढापाका, बटुवा विद्यार्थी यहि