विकासका नाममा ‘मान्छे मार्न पाइँदैन’ भन्दै सडकमा उत्रिए अपर तामाकोसी जलविद्युत आयोजनाका पीडितहरु (तस्विरहरु)

काठमाडौं,१८ मंसिर । अपर तामाकोसी जलविद्युत आयोजना पीडित संघर्ष समितिले काठमाडौंमा प्रदर्शन गरेको छ । सोमबार आयोजना पीडितहरुले राजधानीको विभिन्न स्थानहरुमा विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् । उनीहरुले प्रदर्शनका क्रममा ‘विकासका नाममा मान्छे मार्न पाइँदैन’,‘हाम्रो भूमि फिर्ता गर’ ‘आदिासी भूमिमा सैन्यकरण बन्द गर’, ‘राज्य आतंक बन्द गर’, लगायत नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् […]

सम्बन्धित सामग्री

अभौतिक नभए दुई लाख दोलखालीले तामाकोसीको थप सेयर नपाउने

आफूसँग भएको कागजी सेयरलाई अभौतिक (विद्युतीयमा रूपान्तरण) नगरे दुई लाख सेयरधनी दोलखालीले अपर तामाकोसी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा सहभागी हुन वञ्चित हुने भएका छन् । नेपालको हालसम्मको सबैभन्दा ठूलो जलविद्युत आयोजना हो माथिल्लो तामाकोसी । दोलखाको उत्तरी भेग विगू गाउँपालिका–१ लामाबगरमा बनेको माथिल्लो तामाकोसीको क्षमता ४५६ मेगावाट छ । सार्वजनिक कम्पनीको रूपमा स्थापना गरी लगानी […]

दोलखावासीलाई तामाकोसीको घटीमा ३० देखि बढीमा ३०० कित्ता सेयर

अर्को वर्ष निर्माण सम्पन्न हुने बहुप्रतीक्षित चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजना निर्माण गरिरहेको अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडले दोलखाबासीलाई ३० देखि ३०० कित्तासम्म सेयर दिने भएको छ । कम्पनीले आयोजनाबाट अति प्रभावित, प्रभावित र कम प्रभावित गरी तीनवटा वर्गीकरण गरिएको छ । अति प्रभावितलाई बढी र कम प्रभावितलाई थोरै सेयर दिने कम्पनीको योजना छ ।