काठमाडौं । एक महीनामा नेप्से परिसूचक १९ दशमलव ५६ प्रतिशत वृद्धि भएको छ । जेठ ११ गते १ हजार ८२८ दशमलव ५९ विन्दुमा रहेको नेप्से परिसूचक असार १२ गते २ हजार १८६ दशमलव ३६ विन्दुमा पुगेको हो ।
तरलता सहज र ब्याजदर घट्न थालेसँगै लगानीकर्ता शेयर बजारमा आकर्षित हुँदा पछिल्लो एक महीनामा नेप्से परिसूचक बढेको हो । यसो त साउनबाट कर्जाको ब्याजदर अझै घट्ने अनुमान गरिएको छ । यसले लगानीकर्ताको मनोबल बढेकाले शेयर बजारमा सकारात्मक प्रभाव परेको जानकारहरू बताउँछन् । पछिल्लो समय लगानीकर्ताहरूले प्रोफिट बुक गर्दै सेक्टर परिवर्तन गरी लगानी गरेको देखिन्छ ।
होटल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक बढ्यो
पछिल्लो एक महीनामा होटल तथा पर्यटन समूहको परिसूचक सबैभन्दा बढी ७० दशमलव १८ प्रतिशत वृद्धि भएको छ । जेठ ११ गते यस समूहको परिसूचक ३ हजार ४३० दशमलव ८४ रहेकोमा असार १२ गते (आज) ५ हजार ८३८ दशमलव ६२ विन्दुमा पुगेको छ ।
कोरोना महामारीपछि पर्यटन क्षेत्र उकासिन थालेपछि होटल तथा पर्यटन क्षेत्रका कम्पनीहरू नाफामा छन् । सोही कारण यस्ता कम्पनीहरूमा लगानीकर्ताहरू ढुक्क भएर लगानी गरिरहेका छन् । फलस्वरूप यो समूहका कम्पनीको शेयर मूल्य उच्च दरले वृद्धि भएको छ ।
पछिल्लो एक महीनामा होटल तथा पर्यटनपछि निर्जीवन बीमा समूहको परिसूचक सर्वाधिक बढेको छ । सो अवधिमा निर्जीवन बीमा समूहको परिसूचक ३६ दशमलव ०५ प्रतिशत वृद्धि भएको छ । जेठ ११ गते यस समूहको परिसूचक ८ हजार ४५२ दशमलव ६८ रहेकोमा असार १२ गते ११ हजार ४९९ दशमलव ७९ विन्दुमा पुगेको छ ।
बीमा कम्पनीहरूले पूँजी वृद्धि गर्न थालेपछि यो समूहका कम्पनीमा लगानीकर्ताको आकर्षण देखिएको हो । बीमा कम्पनीहरूले पूँजी वृद्धिका लागि केहीले मर्जर गरेका छन् । मर्जरपश्चात पनि नियामक निकायले तोकेको चुक्ता पूँजी नपुगेका कम्पनीले भने अपुग रकम हकप्रद र बोनस शेयरमार्फत पुर्याउने भएका छन् ।
नेपाल बीमा प्राधिकरणले तोकेको मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीको रू. ५ अर्ब पुर्याउनु पर्छ ।
कुन समूहको परिसूचक कति ?