२० अङ्कले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २०.६४ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिसँगै नेप्से २९४७ अङ्कमा पुगेको छ । परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ । आइतबार ९ अर्ब ६७ करोडको कारोबार भएकोमा सोमबार ७ अर्ब ९० करोडमा खुम्चिएको छ । बैङ्किङ १९, होटल तथा पर्यटन ६, जलविद्युत ५५, जीवन […]

सम्बन्धित सामग्री

सामान्य बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो

काठमाडौं, ०३ साउन।बुधबार सेयरबजारमा ३ अर्ब ३४करोड ८६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। सूचक ११.१७अंकले बढेर २१६५.२४ विन्दु पुगेपनि कारोबार रकम केही घटेको हो। आज ५उपसमूह घटेका छन् भने ८ बढेका छन्। आजको दिन बैंकिङ, डेभलपमेन्ट बैंकिङ,म्यानिफ्क्चरिङ, म्युचल फण्ड र ट्रडिङ उपसमूह बढेका छन्। अन्य उपसुचक भने घटेका छन्। बुधबार ७३कम्पनीको सेयर बढेको छ भने १३१वटाको घटेको छ।

१५ अंकले बढ्यो नेप्से, बढेन कारोबार रकम

सेयर बजारमा आज सामान्य सुधार देखिएकाे छ। सेयर बजार परिसूचक नेप्से आज १५.१४ अंकले बढेर १९२०.१३ विन्दुमा उक्लिएको छ। आज म्युचुल फन्डबाहेक सबै समूहको सेयर सामान्य अंकले बढेको छ।  यसदिन नेप्से बढे...

८.१४ अंकले बढ्यो नेप्से, कारोबार रकम भने केही घट्यो

काठमाडौं । घटेको बजारमा खरीदकर्ता सक्रिय भएसँगै मंगलवार नेप्से परिसूचक ८ दशमलव १४ अंक बढेर बन्द भएको छ । नेप्से परिसूचक २ हजार १७३ दशमलव २४ विन्दुमा पुगेको छ । आज बजार खुलेको केही समय परिसूचक २ हजार १४० विन्दुसम्म झरेको थियो । घटेको बजारमा खरीदकर्ता आकर्षित भएपछि अन्त्यमा बढेर बन्द भयो । २२०० सम्म पुगेको नेप्से हाल २ हजार १७३ अंकमा छ । बढेको बजारमा प्रोफिट बुक गर्नेहरू सक्रिय भएछि पुनः बजार केही ओरालो लागे पनि बिस्तारै शेयर खरीदमा कारोबारीहरूको आकर्षण बढेको एक लगानीकर्ता बताउँछन् ।   यद्यपि पछिल्लो समय वित्तीय प्रणालीमा तरलता सहज हुन थालेको छ भने सिडी रेशियो र अन्तर बैंक ब्याजदर घट्दो छ । यसले पनि बजारको आगामी यात्रा सकारात्मक रहने जानकाहरूको भनाइ छ  ।  यस दिन कारोबारमा आएका २४८ धितोपत्रको ८३ लाख १८७ कित्ता ५२ हजार ४६० पटकमा रू. ३ अर्ब ३२ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा केही घटेको छ । कारोबारमा आएका धितोपत्रमध्ये सानिमा जिआईसी इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज १० प्रतिशत वृद्धि भएको छ । शेयर मूल्य प्रतिकित्ता रू. ४४४ दशमलव ६० पुगेको छ । त्यस्तै सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ दशमलव ७७ प्रतिशत बढेर रू. १ हजार पुगेको छ ।  त्यस्तै मंगलवार सबैभन्दा बढी मैलुङ्ग खोला जलविद्युत कम्पनीका शेयरधनीले गुमाएका छन् । यस कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज ५ दशमलव ४८ प्रतिशत घटेको छ । शेयर मूल्य प्रतिकित्ता रू. ५०९ मा झरेको छ । दोस्रोमा एनएमबि हाईब्रिड फण्ड एल–१ को इकाई मूल्य ५ दशमलव २४ प्रतिशत घटेर रू. ९ दशमलव ७७ कायम भएको छ ।  यस दिन नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक शेयर खरीदविक्री भएको छ । कम्पनीको रू. १२ करोड ९१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । त्यस्तै दोस्रोमा शिवश्री हाइड्रोपावरको रू. १० करोड ४१ लाख बराबरको शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १३ समूहगत परिसूचकमध्ये बैंकिङ समूहको परिसूचक शून्य दशमलव १५ प्रतिशत, लगानी समूहको शून्य दशमलव ६४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको शून्य दशमलव शून्य ७ प्रतिशत र म्युचुअल फण्ड समूहको परिसूचक २ दशमलव १० प्रतिशत घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी वित्त समूहको परिसूचक ३ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ ।

१३.४० अंकले बढ्यो नेप्से, कारोबार रकम ८५ करोडमा सीमित

बुधबार शेयरबजार मापक परिसूूचक नेप्से १३.४० अंकले बढेर १९११.२६ बिन्दुमा उक्लिएको छ । बजार बढे पनि आज कारोबार रकम भने ८५ करोडमै सीमित रह्यो ।

५४ अंकले बढ्यो नेप्से, कारोबार रकम चार अर्ब माथि

सोमबार नेप्से परिसूचक ५४ अंकले बढेर दुई हजार १३२.९६ विन्दुमा पुगेको छ। त्यस्तै, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स ९.०५ अंकले बढेर चार सय ७.३८ विन्दुमा पुगेको छ। मौद्रिक नीति...

१८ अङ्कले बढ्यो नेप्से

काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १८ अङ्कले बढेको छ । १८.०७ अङ्क बढेसँगै नेप्से २६३४ अङ्कमा कायम भएको छ । कारोबार रकम पनि सामान्य बढेको छ । दुई अर्ब ५९ करोडको कारोबार भयो । यसअघि आइतबार २ अर्ब २७ करोडको भएको थियो । कुल १५६ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने […]

आज झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने बढेन

काठमाडौं, २३ फागुन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन नेप्से १ दशमलव ५४ अंकले बढेर २५४४ दशमलव ९३ विन्दु कायम भएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव १४ अंकले बढेर ४९२ दशमलव २६ विन्दुमा पुगेको हो । आज २३० कम्पनीको […]

७३ अङ्कले बढ्यो नेप्से, कारोबार रकम पनि दोब्बर

काठमाडौँ । साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ७३ अङ्कले बढेको छ । ७३.०१ अङ्कले बढेसँगै परिसूचक २७६५ अङ्कमा पुगेको छ । परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । गत बिहीबारको तुलनामा कारोबार रकम झन्डै दोब्बर भएको छ । बिहीबार ३ अर्ब ६७ करोड रुपैयाँको सेयर कारोबार भएकोमा आज ७ […]

१५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे १३ अर्बमा सिमित

बुधवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । यस्तै कारोबार रकम १३ अर्ब २९ करोडमा सिमित भएको छ ।  यस दिन नेप्से परिसूचक १५.३० अंकले बढ्दै बजार ३०९४.९४ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि बढेको छ । परिसूचक ०.०२ अंकले बढ्दा बजार ५७४.३२ विन्दुमा पुगेको छ ।  बुधवार कुल २ सय १९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १ सय ७२ कित्ता शेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ ।  मंगलवार कुल २ सय २५ कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कि...

आठ अंकले बढ्यो नेप्से, घट्यो कारोबार रकम

सेयर बजारको परिसूचक नेप्से बुधबार ८ अंकले बढेको छ। ८.६६ अंकले बढेपछि परिसूचक २५४३ अंकको कायम भएको छ।