काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) ३६ दशमलव ८६ अंकले बढेको छ। आज परिसूचक एक दशमलव ८९ प्रतिशतले बढेर एक हजार ९८५ दशमलव ४४ को विन्दुमा कायम भएको हो। आज विभिन्न २९७ कम्पनीका १ करोड २४ लाख ६३ हजार १६८ कित्ता शेयर ९५ हजार ४३३ पटक खरिदबिक्री हुँदा ४ अर्ब ३० करोड ९० लाख १९ हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ।सबै समूहका उपसूचकमा हरियो देखिएको छ। सबैभन्दा धेरै होटल तथा पर्यटन समूह ४ दशमलव ३३ र जलविद्युत् समूह ३ दशमलव ३० प्रतिशतले बढेका छन्। आज ४ कम्पनीको शेयर मूल्