एजेन्सी । विश्व विख्यात अमेरिकी सूचना प्रविधि कम्पनी गुगलले भूकम्पबारे पूर्व सूचना दिने प्रणाली विभिन्न देशमा उपलब्ध गराउने भएको छ । पूर्व सूचना प्रणाली सञ्चालनका लागि आवश्यक तयारी भइरहेको सो कम्पनीले केही दिन अगाडि घोषणा गरेको हो ।तार विहिन प्रणालीमार्फत एन्ड्रोइड मोवाइल फोनमा भूकम्प सम्वन्धी पूर्व सूचना प्राप्त गर्न सकिने व्यवस्था गरिएको कम्पनीका अधिकारीहरूले जानकारी दिएका छन् । विश्वव्यापी बनाउन सकिने यस प्रणाली प्रभावकारी हुने र विश्वभरी नै माग बढ्ने उनीहरूले विश्वास व्यक्त गरेका छन् ।