सामाजिक सञ्जाल फेसबुक र टिकटकमा म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश जाने भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् । युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति माफी मागेका छन् । तर साथै उनले जेलमा आफूलाई साथीहरू भेट्न नआएकोमा गुनासो समेत गरेका छन् । "३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेल