भाइरल शब्द पहिला पहिला संक्रमण फैलिँदा विशेष गरी भाइरल ज्वरो भनेर जानिन्थ्यो, अहिले सो शब्द सामाजिक सञ्जालमा कुनै विषय छिटो र व्यापक रूपमा फैलिने कार्यलाई भाइरल भनेर चिनिन्छ । त्यही भाइरल शब्द अहिले भाइरल ज्वरोको संक्रमणको खतराभन्दा सयौं गुणा बढीको तीब्रतामा फैलिदो छ । यसले आम व्यक्तिको जीवनयापन र हाम्रो समाजलाई कहाँ पुर्याउने हो भन्न सक्ने अवस्था छैन ।सामाजिक सञ्जाल टिकटकले अहिले हाम्रो समाजमा निकै भाइरल भएको छ । यतिसम्म कि राम्ररी युजर नेम र पासवर्ड राख्न नजान्नेको पनि अहिले टिकटक एकाउण्ट छैन