देश कोरोना भाइरसले आक्रान्त भएको बेला जिल्लाको पूर्वीचौँकी गाउँपालिकामा भने भाइरल ज्वरोका बिरामीहरू बढेका छन् ।
टाउँको दुख्ने, ज्वरो आउने, कम्मर दुख्नेलगायत लक्षणका भाइरल ज्वरोका बिरामी गाउँमा प्रशस्त देखिन थालेका छन् । गाउँपालिकाका प्रायः सबै वडामा भाइरल ज्वरोका बिरामी बढेपछि समस्या उत्पन्न भएको स्थानीयवासीले बताएका छन् । भाइरल ज्वरोका कारण नागरिक थलापरेको स्थानीय चक्रबहादुर कठायतले बताए । उनले भने, “भाइरल ज्वरोले नागरिक थला परेका छन्, उपचार गर्न जान सकिने अवस्था छैन ।”
गाउँमा ज्वरो भाइरल रूपमा फैलिन था...