अमेरिकाले आफ्नो देशमा रहेको अफगान दूतावास बन्द गरेर अफगान कूटनीतिज्ञहरूलाई दिइएको कुटनीतिक उन्मुक्ति खोसेको छ ।
यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताएअनुसार लस एन्जलस र न्युयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्युजले जनाएको छ । अमेरिकामा रहेका अफगान कुटनीतिज्ञहरूलाई यस हप्ताको सुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो ।
अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसक...