टेबल किन्दै हुनुहुन्छ ? यी विषयमा जानकार हुनुस्

काठमाडौं । घर, अफिस र होटल तथा रेस्टुराँहरूका लागि आवश्यक पर्ने टेबल खरिद गर्दा मूल्यदेखि लिएर बलियो काठको छनोट गर्नु उपयुक्त हुन्छ । टेबल किन्दा केही महत्वपूर्ण विषयमा जानकारी राख्नु बुद्धिमानी मानिन्छ । त्यसैले टेबल खरिद गर्दा अपनाउनुपर्ने विषयलाई उल्लेख गरिएको छ । घर, अफिस, होटल र रेस्टुराँलगायत स्थानमा टेबल नभई नहुने अत्यावश्यक सामग्री हो । यी सबै स्थानमा आवश्यक पर्ने टेबलको डिजाइन, तिनमा प्रयोग गरिने सामग्री र मूल्य केही फरक हुन्छ । टेबलमा प्रायः सिसौको काठ, ग्रेनाइट र सिसा पनि प्रयोग गरिएको हुन्छ । डाइनिङ टेबल घरको डाइनिङ हलमा खाना खान प्रयोग हुने भएकाले यो टेबललाई डाइनिङ टेबलको नामले चिनिन्छ । विशेषगरी यसमा सिसौको काठ प्रयोग भएको हुन्छ । सामान्यतया यसको ३ फिट गुणा ६ फिट र ४ फिट गुणा ८ फिटसम्मको हुने गर्छ भने गोलकार वा अण्डाकार आकारको हुन्छ । कसै– कसैले आयातकारमा पनि खोज्ने गरेको बालकुमारी काष्ठ उद्योग कीर्तिपुरका प्रोप्राइटर सन्तोष बस्नेत बताउँछन् । ग्राहकले यस्तो सामान किन्दा प्रायशः सेट नै खरिद गर्ने भएकाले ३ फिट गुणा ६ फिटमा ४ वटा कुर्सी र ४ फिट गुणा ८ फिटको टेबलमा ६ वटासम्म कुर्सी प्रयोग गर्न सकिन्छ । कुर्सीसहित पूरै सेट खरिद गर्दा यस्तो टेबलको मूल्य अहिले ४० हजारदेखि ६० हजार रुपैयाँ हाराहारी पर्न आउने उनले बताए । यस्ता टेबलमा ५ वर्षसम्म वारेन्टीसहित काठमाडौं उपत्यकाभित्र निःशुल्क डेलिभरीसमेत हुने गरेको उनको भनाइ छ । ग्रेनाइट डाइनिङ टेबल यो टेबल विशेषगरी होटल तथा रेस्टुरेन्टका गार्डेन वा कौसीमा बसेर खानपिन गर्न प्रयोग हुने गर्दछ । यसको निर्माण गर्दा माथिल्लो भागमा काठको ठाउँमा ग्रेनाइट प्रयोग भएको हुन्छ भने यसको खुट्टा भने स्टिल वा फलामले बनेको हुन्छ । सामान्यतया यो टेबल २ फिट गुणा ४ फिट र ३ फिट गुणा ६ फिटको साइजमा हुन्छ । यद्यपि ग्राहकले आफ्नो आवश्यकताअनुसारको साइजमा अर्डर गर्न सक्छन् । २ फिट गुणा ४ फिटको सेटमा ४ वटा कुर्सीसहित २० हजार रुपैयाँ र ३ फिट गुणा ६ फिटको सेटमा ६ वटा कुर्सीसहित ३५ हजार रुपैयाँसम्म मूल्य पर्दछ । यसमा प्रयोग गरिने सामान, साइज र  कुर्सीको डिजाइनका आधारमा पनि यसको मूल्य फरक पर्न सक्ने बस्नेत सुनाउँछन् । स्टडी टेबल प्रायजसो विद्यार्थीहरूका लागि पढ्न यो टेबल प्रयोग गरिन्छ । यसको साइज प्रायः २ फिट गुणा ४ फिटको हुने गर्दछ भने १५ सयदेखि २५ सय रुपैयाँमा यो टेबल खरिद गर्न सकिन्छ । टी टेबल यी टेबलहरू अण्डाकार तथा आयातकार दुवै साइजमा बजारबाट खरिद गर्न सकिन्छ । पूर्ण रूपमा काठबाट बनेको टेबललाई २५ सयदेखि ३ हजार रुपैयाँसम्म पर्दछ भने सिसाको प्रयोग भएको टेबललाई ५ हजार रुपैयाँसम्म पर्दछ । अफिस टेबल विभिन्न सरकारी, निजी कार्यालयमा प्रयोग हुने यस्ता टेबलको साइज सामान्यतया २÷४ को हुने गर्दछ । यसमा घर्रा र लकिङ सिस्टम पनि राखिएको हुन्छ । यसको हालको बजार मूल्य ११ हजारदेखि १५ हजार रुपैयाँसम्म पर्दछ ।

सम्बन्धित सामग्री

संसद्को कार्यसूचीमा राख्ने विषयमा सधैं समस्या

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकका लागि कार्यसूचीमा के राख्ने भन्ने विषयमा सधैंजसो समस्या देखिने गरेको छ।...

अकुपन्चरको विषयमा छलफल

नेपाल अकुपन्चर मोक्सिबुसन अंकुप्रेसर संघले आफ्ना सदस्य अकुपन्चरिस्टहरूसँग कम्मर दुखाइ र यसको निधान प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गरेको छ।...

अकुपन्चरको विषयमा छलफल

नेपाल अकुपन्चर मोक्सिबुसन अंकुप्रेसर संघले आफ्ना सदस्य अकुपन्चरिस्टहरूसँग कम्मर दुखाइ र यसको निधान प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गरेको छ।...

आचारसंहिता उल्लङ्घनका विषयमा आयोग दण्डात्मक हुने

उनले भने, 'यसपटक आयोग आचारसंहिता उल्लङ्घनका विषयमा कुनै सम्झौता नगरी दण्डात्मकरूपमा अघि बढ्नेछ ।'...

‘सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्छ’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नुपर्ने बताएका छन् ।पूर्वगभर्नर क्षेत्रीले सांसदहरुलाई वैदेशिक लगानीका विषयमा दीक्षित गर्नसके मुलुकले लक्ष्य निर्धारणअनुसार वैदेशिक स्रोत र साधन परिचालन गर्न सक्ने दाबी गरे । पूर्वगभर्नर क्षेत्रीले एमसीसी नेपालमा कार्यान्वयन गर्ने विषयमा सबैसँग एमसीसी लागू गर्ने शर्तका विषयमा जानकारी नहुँदा अन्तरबिरोध भएको बताए ।“एमसीसी ल्याउने […]

समाचार लेखेको विषयमा नयाँ पत्रिकाकर्मी तामाङलाई धम्की

टिकट वितरणको विषयमा विवाद हुँदा माओवादी केन्द्र कर्णाली प्रदेशका सहसचिव कुटिएका विषयमा समाचार लेखेको भन्दै नयाँ पत्रिका दैनिकका हुम्ला संवाददाता नरजन तामाङलाई धम्की आएको छ। हुम्लाको चंंखेली गाउँपालिका अध्यक्षको उम्मेदवार गोलाप्रथाबाट...

एनएसएलको नयाँ मितिको विषयमा छलफल हुने

नेपाल सुपर लिग (एनएसएल) को नयाँ मितिका विषयमा छलफल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको निर्धारित समयमा हुन नसक्ने भएपछि नयाँ मितिको लागि छलफल हुने भएको हो । खेलाडी अनुबन्धको विषयमा ए डिभिजन लिग र एनएसएलबीच विवाद उत्पन्न भएपछि एनएसएलको टाइसिट ड्र रोक्न एन्फाले एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एण्ड म्यानेजमेन्टलाई पत्र पठाएको थियो । त्यसपछि एडिभिजन लिग क्लब र एनएसएलबीच सहमति भएको भन्दै एन्फाले एनएसएल आयोजनाका लागि नयाँ मिति दिएको थियो । एन्फाले एनएसएलका क्लबहरू र ए डिभिजन लि

खोटाङमा एमसीसीको विषयमा सडक जनमत सङ्ग्रह

खोटाङ– अनेरास्ववियु (क्रान्तिकारी) खोटाङले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको छ। एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै अनेरास्ववियु (क्रान्तिकारी)ले बुधबार दिक्तेलबजारको त्रिबेणीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो।   सडकमै मत पेटिका राखेर गरिएको जनमत संग्रहमा कुल […]

नयाँ अर्थमन्त्री भन्छन् – बजेटको विषयमा छलफल हुन्छ

काठमाडौं। केपी ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको विषयमा छलफल गर्ने नवनियुक्त अर्थमन्त्रीले बताएका छन्। मन्त्रालयको पदभार सम्हाल्दै मन्त्री शर्माले निर्वतमान अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटको विषयमा छलफल गर्ने बताए। उनले वर्तमान सरकारको आफ्नै भिजन अनुसार बजेट ल्याउन सक्ने संकेत गरेका हुन्। भने, “नयाँ सरकार गठन भएपछि आफ्नो भिजनअनुसार काम गर्नुपर्ने हुन्छ। त्यसैले वर्तमान सरकारको आवश्यक्ता पहिचान गर्नुपर्ने हुन्छ।”