काठमाडौँ महानगर अपडेट: केशव स्थापित र सिर्जना सिंहको कुल मत भन्दा बालेन एक्ल्यैको मत बढी

काठमाडौँ महानगरपालिकाको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायम नै छ । लौरो चिह्न लिएर निर्वाचनमा होमिएका शाहले अहिलेसम्म ५ हजार ६ सय ९२ मत पाएका छन् ।उनको निकटम प्रतिद्वन्द्वीका रूपमा एमालेका केशव स्थापितले २९९२ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंह २६५७ मतले तेस्रो स्थानमा छन् । हाल काठमाडौँ महानगरको वडा नम्बर १ को मतगणना सम्पन्न भैसकेको छ भने वडा नम्बर २,३, ४,५,३१ र ३२ को मत गणना भईरहेको छ । आज बाट वडा नम्बर ६ को मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार हालसम्म मेयर पदमा सुर्य २९९२ मत, रुखमा २६५७ मत, कलममा १२ मत, तराजुमा ६५ मत, हलोमा ५२२ मत , मादलमा ७ मत तथा लौरोमा ५६९२ मत आएको छ । उपमेयरमा भने सुर्यमा ५८९६ मत तथा कलममा १६३२ मत आएको छ । महानगरका अनुसार हालसम्म १४७७८ मत गणना भएको छ ।मेयर पदमा केशव स्थापित र सिर्जना सिंहको कुल मत भन्दा बालेन एक्ल्यैको मत बढी भएको छ । हालसम्म केशव स्थापित र सिर्जना सिंहको कुल मत ५६४९ रहेको छ भने बालेनको मत ५६९२ रहेको छ ।

सम्बन्धित सामग्री

बालेन शाह सुन्ने मुडमा थिएनन् : केशव स्थापित

नेकपा एमाले नेता तथा काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले बालेन शाहलाई घर पिच्छे पुगेर फोटो खिचेर कहीं नपुग्ने सुझाव दिएका छन् ।केही दिनअघि आफनो निवासमा पुगेका हालका मेयर शाह आफूसँगको भेटमा सुन्ने मुडमा नभएको पनि स्थापितले खुलाएका छन् ।‘मेरो फोटो खिचेर, केशव स्थापित कहाँ गएर मैले ज्ञानगुन लिएँ भन्न पर्दैन, घरैपिच्छे डुल्ने अनि फोटो पोस्ट गर्ने कामले महानगरलाई कहीँ पुर्‍याउँदैन,’ स्थापितले भनेका छन्, ‘काठमाडौंले यस्तो मान्छे खोजेको होइन। मैले बालेनलाई सुन्ने मुड

दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा दोस्रो स्थानका लागि केशव स्थापित र सिर्जना सिंहको प्रतिस्पर्धा देखिएको छ । केही वडाको मत गणना गर्न बाँकी छँदै मेयरमा बालेन्द्र  साह (बालेन)को जित पक्का भइसकेको छ । वडा नम्बर १४, १५ र १६ को गणना चलिरहँदा साहले ५८ हजार २६१ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार स्थापितले […]

यसरी भोट माग्दैछन् केशव स्थापित (तस्वीरहरू)

काठमाडौं : यतिखेर देशमा वैशाख ३० गते हुने स्थानीय तहको चुनावले माहोल तातिएको छ।विभिन्न पार्टीले मतदातालाई आकर्षित गर्न घरदैलो गरिरहेका छन्। विशेष चासोका साथ हेरिएको काठमाडौं महानगरका उम्मेदवार पनि घरघरमा भोट माग्न पुगिरहेका छन्।  नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार केशव स्थापित पनि आफ्नो प्रचारप्रसारमा व्यस्त छन्।उनी बाजागाजासहित मतदाताका घरदैलोमा पुगेका छन्। (हेरौं केही तस्वीर)

मीटुको प्रश्नले केशव स्थापित सहभागी कार्यक्रममा हंगामा

मीटुबारेको प्रश्नले नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर पदका उमेदवार केशव स्थापित आक्रोशित बनेका छन् । बिहीबार भएको एक अन्तरक्रिया कार्यक्रममा उनको चरित्रमाथि प्रश्न गर्दै सहभागीले कडा प्रश्न गरेपछि उनी आक्रोशित बनेका हुन् । राजधानीको नेशनल कलेजको आयोजनामा भएको ‘स्थानीय चुनावमा युवाको आशा र जिज्ञासा’ विषयक अन्तरक्रिया कार्यक्रममा उम्मेदवार स्थापित आक्रोशित हुँदा कार्यक्रममै हंगामा हुन पुग्यो । कार्यक्रममा वक्ताका रुपमा थिए स्थापितसँगै मेयरका अन्य उम्मेदवारहरू बालेन

‘म जत्तिको व्यक्ति विवादमा आएन भने केशव स्थापित नै हुँदैन’

काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले सानोतिनो विवादले आफूलाई कुनै असर नगर्ने बताएका छन्। उम्मेदवारी दर्तापछि आफूमाथि लागेको यौन दुराचार प्रकरणबारे उनले भने, ‘आजकल यो पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन। मेरो अरु भनाइ छैन। समय समयमा प्रकरण हुन्छ? किन यस्तो भइरहन्छ त ? बेलाबेलामा यो इस्यु किन उठ्छ?’विवादमा नआउने व्यक्ति केशव स्थापित नै नहुने उनको भनाइ छ। ‘म जत्तिको व्यक्ति विवादमा आएन भने केशव स्थापित नै हुँदैन। विवादम

मिटु आरोपमा केशव स्थापितले भने– विवादमा नआउने केशव स्थापित हुन्छ ?

काठमाडौं महानगरपालिकामा एमालेबाट मेयर पदको उम्मेदवार रहेका केशव स्थापितले मिटु प्रकरणमा आफूलाई नाममात्रैको आरोप लगाइएको दाबी गरेका छन् । उनले केशव स्थापित विवादमा आइरहने मान्छे भएको भन्दै उनले केही ईश्यु उठ्यो भन्दैमा आफूले ध्यान नदिने बताए । उम्मेदवारी दर्ताका लागि दलबलसहित राष्ट्रिय सभागृह पुगेका उनले सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले भने, ‘पागलहरूका लागि औषधि खान केही पैसा लाग्दैन । यसमा मेरो अरु भनाइ छैन । समयसमयमा केही इस्युहरु आउँछ । इस्यु उठेन भने केशव स्थापित हुन्छ ? वि

को हुन् केशव स्थापित ?

काठमाडौं, ११ वैशाख । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तय भएका केशव स्थापित फेरि चर्चामा पुगेका छन् । उनी २०५४ सालमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका थिए । बागमती प्रदेशको प्रदेश सभा सांसद जितेका उनी मुख्यमन्त्रीका दाबेदार थिए । पछि भौतिक पूर्वाधारमन्त्री बनाइए । तर, विवादमा परेपछि पदबाट बर्खास्त गरिए । स्थापितविरुद्ध […]

केशव स्थापित : हराइसकेको पुरानो साख भजाउने दाउ

नेकपा (एमाले) मा कुनैबेला केशव स्थापित वामदेव गौतमका अति प्रिय थिए ।  यस बीचमा शाही कालमा उनी ज्ञानेन्द्र शाहसँग नजिक भए । शान्ति प्रक्रियापछि माओवादीतिर ढल्किए । माओवादीमा टिक्न नसकेपछि संघीय समाजवादी फोरमतिर लागे । अस्थिर र कतै पनि टिक्न नसक्ने स्वभावका कारण उनको राजनीतिक विश्वसनीयता धरापमा परिसकेको थियो । तैपनि पुरानो जुझारुपन ख्याल गर्दै […]

एमालेले टुंगायो महानगर र उपमहानगरको उम्मेदवार, काठमाडौंमा केशव स्थापित

अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकले उम्मेदवार टुंगो लगाएको हो । बैठकले काठमाडौं महानगरपालिकाको प्रमुखमा केशव स्थापित र उपप्रमुखमा सुनिता डंगोललाई उठाउने निर्णय गरेको छ ।

केशव स्थापित काठमाडौंको मेयर बन्ने दौडमा

काठमाडौं, २ वैशाख । काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापित पुनः मेयरको दौडमा बढेका छन् । उनी एमालेबाट मेयरको उम्मेदवारीका लागि सिफारिशमा परेका छन् । स्थापितसँगै काठमाडौंका वर्तमान मेयर विद्यासुन्दर शाक्य पनि सिफारिश नाममा परेका छन् । अन्य सिफारिश नामहरुमा पूर्व राज्यमन्त्री समेत रहेका काठमाडौं क्षेत्र नम्बर ७ का प्रतिनिधि सभा सदस्य रामवीर मानन्धरका अलावा […]