काठमाडौं। स्यूचाटार सहकारी संस्थाको १७औं वार्षिक साधारणसभा आइतवार सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र वित्तीय प्रतिवेदन पारित गरेको छ । प्रतिवेदन अनुसार शेयर पूँजी ८ करोड ७ लाख ६८ हजार, जगेडा कोष १० करोड ९१ लाख ५६ हजार, बचत संकलन ६२ करोड ८१ लाख, ऋण प्रवाह ६२ करोड २६ लाख र स्थिर सम्पत्ति ७ करोड ५७ लाख रुपैयाँको रहेको छ ।
सो अवसरमा एक महीनादेखि सञ्चालित अन्तर विद्यालयस्तरीय शैक्षिक तथा खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कृत गरिएको छ । त्यस्तै संस्थाले एसईई, डाक्टर, एमडी वा पीएचडी गर्ने शेयर सदस्य वा उनीहरूका सन्ततिलाई नगदसहित सम्मानका साथै कार्य क्षेत्रभित्रका १० सामुदायिक विद्यालयका २० जना विद्यार्थीलाई छात्रवृत्ति स्वरूप नगद उपलब्ध गराएको छ ।
कार्यक्रममा नेशनल हस्पिटल र युनिभर्सल डेण्टल हस्पिटलले शेयर सदस्यलाई अस्पतालका सेवामा २५ प्रतिशत शुल्क छूट दिने घोषणा गरिइएको थियो ।