काठमाडौं । सिभिल बैंकले १२ औं वार्षिकोत्सवको अवसरमा देशैभर विविध कार्यक्रम आयोजना गरेको छ । नगदरहित कारोवारलाई प्रोत्साहन गर्ने उदेश्यका साथ सफा टेम्पुको भाडा क्यूआर कोडबाट भुक्तानी गर्ने कार्यको थालनी गरी ‘‘गो क्यासलेस’ अभियानलाई निरन्तरता दिएको छ । जावलाखेलमा उद्घाटन गरिएको ‘गो क्यासलेस’ अभियान नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, जानकी र भजनीमा सञ्चालन गरिने बैंकले जनाएको छ । […]