काठमाडौं : सर्वोच्च बार एसोसिएसनको ३४औँ नयाँ कार्यसमिति चयनका लागि यही पुस २३ गते निर्वाचन हुने भएको छ।नयाँ कार्यसमिति चयनका लागि हुन लागेको निर्वाचनमा सत्ता र विपक्षी दलनिकट कानून व्यवसायीबीच समूहगत रूपमा प्रतिस्पर्धा हुने भएको छ । दुई समूहको आ–आफ्नो समूह प्यानलसहित मनोनयन दर्ता भइसकेको छ।निर्वाचनमा बृहत् लोकतान्त्रिक र प्रगतिशील, पेशागत तथा गणतान्त्रिक समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। लोकतान्त्रिक समूहबाट अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौलाले उम्मेदवारी दिएका छन्।