लुम्बिनी प्रदेश सरकारमा सहभागी तीन जना मन्त्रीहरुलाई जसपाले प्रदेश सभा सदस्यबाट पद मुक्त गरेको बिषयमा दायर गरेको रिटको आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । शंकर पोखरेको नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरु सन्तोषकुमार पाण्डेय, विजय बहादुर यादव र कल्पना पाण्डेलाई जसपाले सांसद पदबाट नै हटाएपछि सर्वोच्च अदालतमा परेको रिटको आज न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा सुनुवाइ हुन लागेको हो । जनता समाजवादी पार्टी जसपाले कारवाही गरेपछि उनीहरु प्रदेश सभा सदस्यबाट पदमुक्त भएका थिए। पदमुक्त भएपछि स