निर्वाचन आयोगविरुद्ध परेका दुई रिटबारे आज सुनुवाइ हुने भएको छ । ‘नो नट अगेन’ अभियानविरुद्ध विज्ञप्ति जारी गरेको विरोधमा सर्वोच्च अदालतमा परेको रिट दायरपछि आज सुनुवाइ हुने भएको छ । सोमबार अधिवक्ता अनील आचार्यले ‘नो नट अगेन’लाई बन्देज गर्नेगरी आयोगले जारी गरेको विज्ञप्ति खारेजीको माग गर्दै रिट दर्ता गरेका थिए । रिटमा संविधानको धारा १७ र १९ ले वयैक्तिक तथा प्रेस स्वतन्त्रता सम्बन्धी गरेको व्यवस्था विपरीत आयोगले ‘नो नट अगेन’ अभियनाविरुद्ध विज्ञप्त