पुनःनिर्मित काष्ठमण्डप केही दिनमै लोकार्पण गरिने

काठमाडौँ : विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबारक्षेत्रको महत्त्वपूर्ण सम्पदा काष्ठमण्डप पुनःनिर्माण अन्तिम चरणमा पुगेको छ।पुनःनिर्माण सम्पन्न भए पनि पेटी र काठको बार लगाउने काम अन्तिम चरणमा भइरहेकाले केही दिनमा लोकार्पण गरिने काष्ठमण्डप पुनःनिर्माण समितिले जनाएको छ। काठमाडौँ महानगरपालिकाको ११ करोड ५० लाख रुपैयाँ लागतमा पुनःनिर्माण भएको समितिका अध्यक्ष राजेश शाक्यले जानकारी दिए।उनले भने, ‘समितिले महानगरपालिकासँग ४ चरणमा गरी  ११ करोड ५० लाख लिएको छ। समितिले २०७५ जेठ २९ गते

सम्बन्धित सामग्री

काष्ठमण्डप खुला गर्नेबारे अझै अन्योल

काठमाडौं । पुनःनिर्माण सम्पन्न भइसकेको ऐतिहासिक सम्पदा ‘काष्ठमण्डप’ सर्वसाधारणका लागि कहिले खुला गर्ने विषय अझै अन्योल नै छ । विसं २०७२ वैशाख १२ को भूकम्पले पूर्णरुपमा क्षति भएको उक्त सम्पदाको पुनःनिर्माण सम्पन्न गरी काष्ठमाण्डप पुनःनिर्माण समितिले गत असोज १५ गते नै काठमाडौँ महानगरपालिकालाई कार्य सम्पन्न प्रतिवेदन बुझाइसकेको छ । महानगरको सम्पदा तथा पर्यटन विभागका प्रमुख अर्चना श्रेष्ठ (शाक्य) का अनुसार पुनःनिर्माण समितिले बुझाएको प्रतिवेदन अहिले सम्पदा विज्ञसहितको टोलीले अध्ययन गर्ने काम भइरहेको छ । प्रतिवेदन अध्ययन सकेसँगै उक्त सम्पदा सर्वसाधारणका लागि कहिले खुला गर्ने भन्ने विषय यकीन हुन्छ । विसं २०७५ वैशाख १८ गते जनप्रतिनिधि र स्थानीयको निर्णयबाट तत्कालीन प्रदेशसभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनःनिर्माण समितिको गठन भएको थियो । उक्त सम्पदा पुनः निर्माणका लागि २०७५ ज्येष्ठ २४ गते बसेको कार्यपालिका बैठकले उपभोक्ता समितिमार्फत पुनःनिर्माणको काम गर्ने र खर्च काठमाडौँ महानगरपालिकाले व्यहोर्ने निर्णय गर्‍यो । यसको चार दिनपछि अर्थात् ज्येष्ठ २९ गते महानगरपालिका र समितिबीच पुनःनिर्माणका लागि सम्झौता भयो । सम्झौता भएकै दिन काम थालनी गर्न समितिलाई रु ५० लाख प्रदान गरिएको थियो । त्यसपछि महानगरले समितिलाई २०७५ असोज २७ गते रु ५ करोड, २०७६ माघ ९ गते रु ५ करोड र २०७८ असार १६ गते रु १ करोड उपलब्ध गरायो । क्षति भएको उक्त सम्पदा पुनःनिर्माणका लागि महानगरले उपलब्ध गराइएको रु ११ करोड ५० लाख खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई खुला गरी नियमित सञ्चालन र संरक्षण गर्न, काष्ठमण्डपलाई भौतिकरुपमा जिम्मेवारी स्वीकार गर्न पुनःनिर्माण समितिको संयोजक राजेश शाक्यले महानगरलाई आग्रह गरे । पुनःनिर्माणका क्रममा भएको भएको सम्पूर्ण विवरणसहित निर्माणको समयमा विभिन्न क्षेत्रबाट गरिएको अवलोकन भ्रमण, प्राविधिक प्रतिवेदन समेत महानगरलाई बुझाइएको प्रतिवेदनमा उल्लेख छ । काष्ठमण्डपलाई भत्किनु अगाडिको स्वरुपमा निर्माण गरी २०७८ चैत २१ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले लोकार्पण गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डप लोकार्पण

राष्ट्रपति विद्या भण्डारीले जनप्रतिनिधिले आफूलाई सदैव जनताको सेवामा समर्पित गर्नुपर्ने बताएकी छन् ।राष्ट्रपति भण्डारीले काठमाडौं उपत्यकाको वातावरणको संरक्षण हुनेगरी भौतिक निर्माण र पूर्वाधार विकासको कामलाई अघि बढाउन पनि जनप्रतिनिधिलाई आग्रह गरिन् । पुरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको सोमबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रूपमा […]

राष्ट्रपतिबाट काष्ठमण्डपको लोकार्पण

काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो।...

राष्ट्रपति भण्डारीद्वारा काष्ठमण्डपको लोकार्पण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसत) को लोकार्पण गरेकी छन् । काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमडपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो । पुनः निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ । […]

काष्ठमण्डपको साँचो हस्तान्तरण, तस्बिरहरू हेर्नुहोस्

राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछि पुनः निर्माण सम्पन्न भएको ऐतिहासिक काष्ठमण्डप (मरुसतः) को लोकार्पण गरेकी छन्। काष्ठमण्डप परिसरमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डपको साँचो हस्तान्तरण गरेपछि राष्ट्रपतिबाट साँचो प्रदर्शन गरी सोको लोकार्पण गरिएको हो । पुनः निर्माण सम्पन्न भएसँगै अब काष्ठमण्डप सर्वसाधारणका लागि खुल्ला गरिएको छ । राष्ट्रपति भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूचीमा सूच

सुनको मण्डपमा फेरि ठडिएको काष्ठमण्डप : 'अब काठ खोज्न अन्त जान नपरोस्'

काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गरेकी हुन्।  काठमाडौं महानगरपालिकाको अनुदानमा निर्मित काष्ठमण्डपको आज भण्डारीले लोकार्पण गरेकी हुन्। भण्डारीले असहज स्थितिको सामना गर्दै ऐतिहासिक गौरवपूर्ण विश्व सम्पदा सूची क्षेत्रमा रहेको  काष्ठमण्डपको पुनर्निर्माण कार्य सम्पन्न भएकामा खुसी व्यक्त गर्दै निर्माणमा संलग्न…

काष्ठमण्डप : मूर्ति विवाद अदालतमा, लोकार्पण गर्दै राष्ट्रपति

२० चैत, काठमाडौं । मूर्तिबारेको विवादकै नटुङ्गिंदै पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण हुने भएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारी नै सहभागी हुने गरी लोकार्पण कार्यक्रम तय भएपछि थप विवाद उत्पन्न भएको छ । काठमाडौं महानगगरपालिका वडा नम्बर २०ले लोकार्पण कार्यक्रम रोक्न माग गरेको छ । काठमाडौं महानगरपालिका, काष्ठमण्डप पुननिर्माण समिति, राष्ट्रपतिको कार्यालय, पुरातत्व विभाग लगायतलाई पत्राचार […]

सोमवार राष्ट्रपति भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने

काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने तय भएको छ। भूकम्पपछि केही वर्ष भग्नावशेषमात्रै रहेको स्थानमा २०७५ सालबाट काष्ठमण्डप निर्माणको कार्य सुरु भएको थियो। लकडाउनको अवधिमा समेत काष्ठमण्डप पुनर्निर्माणको काम भएको थियो। करिब ३ वर्ष ८ महिनाको अवधिमा…

सर्वोच्चको आदेशविपरीत काष्ठमण्डप लोकार्पण गर्न लागेको भन्दै अवहेलना मुद्दा दर्ता

काठमाडौं । वसन्तपुरस्थित काष्ठमण्डपमा मूर्तिको विवादलाई लिएर सर्वोच्च अदातलमा मुद्दा परेको छ । पुराना मूर्ति परिवर्तन गरी नयाँ मूर्ति राख्न सर्वोच्चले दिएको आदेशअनुसार काम नभई जबरजस्ति तरिकाले काष्ठमण्डप लोकार्पण गर्न लागिएको भन्दै अधिवक्ता सञ्जय अधिकारीले अदालतको अवहेलना मुद्दा दर्ता गराएका हुन् । काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्य, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, पुरातत्व...