काठमाडौं : २०७२ सालको भूकम्पमा भत्किएको काष्ठमण्डपको पुनर्निर्माण सम्पन्न भएको छ। सोमवार राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्मित काष्ठमण्डपको लोकार्पण गर्ने तय भएको छ।
भूकम्पपछि केही वर्ष भग्नावशेषमात्रै रहेको स्थानमा २०७५ सालबाट काष्ठमण्डप निर्माणको कार्य सुरु भएको थियो। लकडाउनको अवधिमा समेत काष्ठमण्डप पुनर्निर्माणको काम भएको थियो। करिब ३ वर्ष ८ महिनाको अवधिमा…