मान्छेले प्रेमका लागि कतिसम्म गर्छन् भन्ने उदाहरण भारतको बिहारस्थित रोहतास जिल्लाको डेहरी क्षेत्रमा देखिएको छ ।
विवाह गर्न प्रेमीप्रेमिकाहरू मन्दिरमा जाने गरेको सुनिन्थ्यो तर भारतमा प्रहरी चौकीमा विवाह भएको घटना बाहिरिएको छ । घरपरिवारले राजी नभएपछि प्रेमीप्रेमिका जोडीले स्थानीय प्रहरी चौकीमा धुमधामसँग बिहे गरेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार टंडवा गाउँका प्रेमी अभयकान्त र पडुहार गाउँकी प्रेमिका प्रियंकाबीच बच्चैदेखिको प्रेम सम्बन्ध प्रहरी चौकीमा विवाहमा परिणत भएको महिला थानाध्यक्ष माधुरी कुमारीले बताइन् ।...