प्रेमीसँग बिहे गर्दै अञ्जु पन्त, को हुन प्रेमी ?

गायक तथा संगीतकार मनोज राजसँग डिभोर्स गरेपछि झण्डै १ बर्ष एकल जिवन बाँचिरहेकी अन्जु पन्तले प्रेमीसँग बिहे गर्ने भएकी छन् । उनले इलामका स्थायी थिर कोइरालासँग लगन गाँठो कस्ने भएकी हुन् । यस बिषयमा अन्जु र थिरका परिवारले स्वीकृती दिइसकेका छन् । तर, बिहे मिति भने जुरिसकेको छैन । उनीहरु एक बर्षदेखि प्रेम सम्बन्धमा रहेको खबर प्राप्त भएको छ । उनीहरुको बिहे बारे केहि समयदेखि संगीत बजारमा हल्ला फैलिएको थियो । यस बिषयमा अन्जु र थिर दुबैले आफुहरु प्रेम सम्बन्धमा रहेको स्विकार गरेका छन् । उनीहरु दुबै क्रिश्चियन धर्ममा आस्थ...