जयनगरबाट जनकपुर आइपुग्यो नेपाली रेल, स्टेशनमा सर्वसाधारणको घुइँचो (तस्बिरहरु)

जनकपुरधाम– नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएर उद्घाटन गरेको रेल जनकपुरधाम आइपुगेको छ। शनिबार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल ३ बजे जनपकुरधाम पुगेको हो। जनकपुरधाम पुगेपछि छात्र–छात्राहरुले नेपाल र भारतको झण्डासहित स्वागत गर्न पुगेका थिए। जनकपुरधाम स्टेशनबाट कुर्था गएको रेल पुनः जनकपुरधाम फर्केपछि मञ्चमा कार्यक्रमको आयोजना गरिनेछ। भारत भ्रमणमा […]

सम्बन्धित सामग्री

नेपाली रेल चढ्न तछाडमछाड

नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।

यसरी भीषण आगलागीबाट जोगियो नेपाली रेल

जनकपुरधाम । जयनगर–जनकपुर चल्ने नेपाली रेल भीषण आगलागीबाट जोगिएको छ । जनकपुर आउने तयारीमा रहेका नेपाली रेलमा भारत विहारको जयनगरमा आगो लागेको थियो । आगो लागेको तत्कालै थाहा पाएपछि यात्रुको भाभाभाग भएको थियो । र कर्मचारी र भारतीय प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । रेल्वे विभागका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेलको सिटमाथि रहेको समान राख्ने […]

दुवै जना प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल

चैत १९, काठमाडौं ।   औपचारिक रुपमाा शनिवारदेखि जनकपुर जयनगर रेल सेवा सञ्चालनमा आएको छ । शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल सञ्चानमा आएको हो । उद्घाटनसँगै  आइतवारदेखि रेल नियमित रूपमा सञ्चालन हुने छ । अव उक्त रेलले भारतको जयनगरदेखि नेपालको कुर्थासम्म यात्रु ओसार्ने काम नियमित गर्ने छ । आइतवारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा रेल चल्नेछ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ ।  रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले बताएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको कम्पनीले बताएको छ । लामो समयदेखि रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ गते भारत सरकारसँग रेल खरीदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकरले उक्त रेल निर्माण गरेको हो ।

जयनगरबाट जनकपुरका लागि छुट्यो नेपाली रेल (फोटोफिचर)

कुर्था–जनकपुर–जयनगर रेल्वे उद्घाटन गरिएसँगै जयनगरबाट जनकपुरधामका लागि नेपाली रेल प्रस्थान गरेको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा भर्चुअल्ली उद्घाटन गरेपछि...

भारतकाे जयनगरबाट जनकपुरतर्फ गुड्यो नेपाली रेल

जनकपुरधाम – जनकपुर–जयनगर रेलसेवा सुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलसेवाको शनिबार भर्चुअल उद्घाटन गरेका हुन्। भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा र उनका समकक्षी मोदीले नयाँदिल्लीबाट रिमोट थिचेर रेलसेवाको शनिबार दिउँसो उद्घाटन गरेका हुन्। दुई प्रधानमन्त्रीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि भारतको जयनगरदेखि नेपालको जनकपुरधामको कुर्थासम्म चल्ने रेल सेवा सुरु […]

देउवा र मोदीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।

नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

जनकपुर । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । ‘भोली १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको […] The post नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

१६ महिना थन्क्याईएको रेल गुड्यो, परीक्षणमा भारतीय प्राविधिक टोली

काठमाडौँ । १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ । धनुषाको इनरुवास्थित रेल्वे स्टेशनमा पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ । २०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि […]

नेपाली रेल सञ्चालन नहुँदै ‘वारेन्टी’ सकियो

नेपाल रेल्वे कम्पनी लिमिटेडले भारतसँग खरिद गरेको दुई सेट रेलको वारेन्टी सञ्चालन हुनुअगावै सकिएको छ । उक्त रेल एक वर्षअघि  भारतको कोंकण रेल्वे कर्पोरेसनसँग ८४ करोड ६५ लाखमा खरिद गरिएको दुई सेट रेलको एक वर्षे वारेन्टी सकिएको नेपाल रेल्वे कम्पनी  लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । नेपाल रेल्वे कम्पनीले भारतीय रेल निर्माण कम्पनी कोंकण रेल्वे  कम्पनीसँग खरिद गरी दुई सेट रेल २०७७ असोज २ गते जनकपुर ल्याई नेपाल रेल्वे कम्पनीलाई हस्तान्तरण गरेको थियो । सो रेल सोही दिन धन

आज जनकपुर आउँदै नेपाली रेल

भारतको जयनगरस्थित रेल्वे स्टेसन आइपुगेको नेपाली रेल परीक्षणका लागि जनकपुर आउँदै, कोभिडका कारण सञ्चालनको मिति