दुवै जना प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल

चैत १९, काठमाडौं ।   औपचारिक रुपमाा शनिवारदेखि जनकपुर जयनगर रेल सेवा सञ्चालनमा आएको छ । शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल सञ्चानमा आएको हो । उद्घाटनसँगै  आइतवारदेखि रेल नियमित रूपमा सञ्चालन हुने छ । अव उक्त रेलले भारतको जयनगरदेखि नेपालको कुर्थासम्म यात्रु ओसार्ने काम नियमित गर्ने छ । आइतवारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा रेल चल्नेछ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ ।  रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले बताएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको कम्पनीले बताएको छ । लामो समयदेखि रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ गते भारत सरकारसँग रेल खरीदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकरले उक्त रेल निर्माण गरेको हो ।

सम्बन्धित सामग्री

आठ वर्षपछि गुड्यो रेल

जयनगर–जनकपुर–कुर्था खण्डमा करिब ८ वर्षपछि रेल चलेको छ । शनिबार भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा हल्लाएपछि जयनगरबाट नेपाली रेल धनुषाको कुर्थाका लागि प्रस्थान गरेको थियो । दुवै प्रधानमन्त्रीले भर्चुअल उद्घाटन गरेलगत्तै जयनगर–जनकपुरको रेल्वे स्टेसनमा स्थानीयमा उत्साह देखिन्थ्यो ।

देउवा-मोदीले हरियो झण्डा हल्लाएपछि चल्यो रेल

निर्माण सम्पन्न भएको लामो समयसम्म सुचारु हुन नसकेको धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट नियमित रुपमा रेल सेवा सुरु हुनेछ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो । उद्घाटनसँगै रेल नियमित रूपमा चल्ने भएको छ । भारतको ठूलो जक्सन जयनगरदेखि …

देउवा र मोदीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले जनकपुर-जयनगर रेल सेवा उद्घाटन गरेका छन् । नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट शनिबार देउवा र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल गुडेको हो ।