१६ महिना थन्क्याईएको रेल गुड्यो, परीक्षणमा भारतीय प्राविधिक टोली

काठमाडौँ । १६ महिनादेखि थन्क्याइएको नेपाली रेल शनिबार परीक्षणका लागि गुडाइएको छ । धनुषाको इनरुवास्थित रेल्वे स्टेशनमा पार्किङ गरेको ठाउँबाट परीक्षणका लागि रेल गुडाइएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । उनका अनुसार भारतबाट १४ जनाको प्राविधिक टोली बोलाएर रेलको परीक्षण गर्न लागिएको छ । २०७७ असोज २ गते जनकपुर ल्याइएको रेल ३ गतेदेखि […]

सम्बन्धित सामग्री

असारदेखि बुधनगरसम्म भारतीय मालबाहक रेल

विराटनगर (अस) । भारतको रेलवे विभागले आगामी असारदेखि मोरङको बुधनगरसम्म मालबाहक रेल चलाउने तयारी थालेको छ । एकीकृत जाँच चौकी (आईसीपी) सम्म रेलको पटरी बिछ्याएर रेलवे लाइनको जाँचपास समेत भइसकेकोले रेल चल्न सक्ने स्थिति बनेको हो । रेल सञ्चालनको तयारीको क्रममा एनएफ रेलवे कटिहार मण्डलका डीएमएम कर्नल एसके चौधरीले आइतबार बथनाहादेखि बुधनगरसम्मको रेलवे लाइन विस्तारको कामको निरीक्षण गरेका थिए । उनले आगामी जुलाई (असार) सम्ममा रेल चलाउने तयारी भइरहेको बताएका थिए । भारतको बथनाहाबाट मोरङको कटहरीसम्म १८ किलोमिटरमा भारतले रेलवे लाइन विस्तार थालेकोमा मुआब्जाको विषयमा अदालतमा मुद्दा परेपछि कटहरीसम्म काम हुन सकेको छैन । सो कामको लागि नेपालतर्फबाट भइरहेको ढिलाइप्रति भारतले असन्तुष्टि जनाएको छ । जारी कामको प्रगति विवरण लिन र थप तयारीका लागि निर्देशन दिन शनिबार पूर्वाेत्तर सीमा रेल गुहाटी माली गाउँका महाप्रबन्धक अंशुल गुप्ता कटिहार–जोगबनी रेल खण्डको निरीक्षणमा आउँदै छन् । उनले कटिहारबाट सीमाञ्चल एक्सप्रेसको स्पेशल बोगीबाट जोगबनीसम्म निरीक्षण गर्दैछन् । उनीसँग रेलवे विभागको उच्चस्तरीय प्राविधिक टोली पनि सो क्षेत्रको जानकारी लिन र रेल सञ्चालनको तयारी गर्न आउँदैछ ।

रेलको रोइलो

आर्थिक रूपान्तरणका लागि रेलवेलाई प्राथमिकतामा राखेर सरकारले भारत र चीनसँग रेलबाट जोडिन भरमग्दुर प्रयास गरे पनि परिणाम भने सुखद आउन सकेको छैन । भारतीय सहयोगमा बनाइएको जनकपुर–जयनगर रेलवेमा सरकारी तयारी नपुगेकाले किनिएको रेलसमेत लामो समय त्यसै घुम्टो ओढाएर राखियो । अहिले भारतबाट प्राविधिक टोली आएपछि रेल दैनिक सञ्चालन हुन थालेको छ । तर, सरकारले कानून नबनाउँदा विनायात्रु रेल चलाउनुपर्ने बाध्यता छ । रेलमा देखिएको यो विसंगति नेपालको धेरैजसो विकास पूर्वाधारमा समेत पाइन्छ । कुनै अध्ययन, अनुसन्धानविना योजना थाल्ने र ती आयोजनाबाट लाभ लिन नसक्ने प्रचलन छ । रेलमात्र होइन, विगतमा नेपाल वायुसेवा निगमले वाइडबडी विमान पनि विनायोजना किनेको थियो । उसले अझै पनि आफूले किनेको विमान उडाउन बजार खोज्न सकेको छैन, जसले गर्दा निगम चरम आर्थिक संकटमा फसिसकेको छ । रेल सञ्चालनका लागि जनशक्तिको व्यवस्था हुँदाहुँदै रेल किनेर ल्याइयो । रेल सञ्चालनका लागि कानून पारित गर्न यसअघिको  र वर्तमान सरकारले समेत सकेको छैन । सरकारले ल्याएको यससम्बन्धी अध्यादेश संसद्बाट पारित हुन नसकेपछि निष्क्रिय बनेको छ । रेल सञ्चालन नगरी राख्दा खिया लागेर यसमा यान्त्रिक समस्या आउने सम्भावना हुन्छ भने रेलवे ट्र्याकबेड बिग्रिने सम्भावना उत्तिकै हुन्छ । त्यसैले भारतबाट दक्ष जनशक्ति ल्याएर रेल सञ्चालन गर्ने र नेपालीहरूलाई सिकाउनेसमेत प्रयोजनका लागि रेल सञ्चालन गर्नैपर्ने बाध्यता आएको हो । यसरी विनायात्रु रेल चलाउँदा नेपाल रेल्वे कम्पनी लिमिटेडलाई दैनिक झन्डै १८ हजार रुपैयाँ डिजेलबापत मात्रै घाटा हुने गरेको छ । कर्मचारी, भारतीय जनशक्तिका लागि लाग्ने खर्चसमेत जोड्ने हो भने अझ बढी रकम खर्च भइरहेको छ । यसले नेपालका विकास योजनाहरू कसरी बनाइन्छन् भन्ने तथ्यलाई देखाएको छ । बजारको सम्भाव्यता पनि राम्ररी अध्ययन भएको छैन । यसको सञ्चालनका लागि आवश्यक कानूनी र प्रशासनिक संयन्त्रविना नै रेल किनेको देखिन्छ । रेल ल्याएर जनतालाई केके न गरेँ भनेर देखाउने प्रचारबाजीका लागि यस्तो हतारो गरिएको देखिन्छ । रेल आइसकेपछि त्यसलाई छिटोभन्दा छिटो सञ्चालन गराउन आवश्यक व्यवस्था मिलाउनु सरकारको दायित्व नै हो । त्यस्तै विकास निर्माणका कानूनहरू नरोक्नु र आवश्यक संशोधन गराउनु विपक्षी दलको कर्तव्य हो । तर, आपैm सत्तामा हुँदा किनेको रेल सञ्चालनमा ल्याउन आवश्यक कानून पारित हुन नदिने गरी संसद् अवरुद्ध पारेर प्रमुख प्रतिपक्ष दल गैरजिम्मेवार बनेको छ । यसले नेपालमा विकास योजनाहरू किन अगाडि बढ्न सक्दैनन् भन्ने कुरालाई उजागर गरिदिएको छ । रेल किन्नका लागि भएको खर्च तथा त्यहाँका कर्मचारीका लागि भएको खर्च करदाताको पैसा हो । करदाताको पैसाबाट तलबभत्ता खाने संस्थाहरू ब्नाउन हतार गर्ने तर तिनलाई काम गर्ने वातावरण नबनाउने सरकारको प्रवृत्ति करदाताप्रतिको बेइमानी हो । यस्तो बेइमानी कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । रेलमात्र होइन, विगतमा नेपाल वायुसेवा निगमले वाइडबडी विमान पनि विनायोजना किनेको थियो । उसले अझै पनि आफूले किनेको विमान उडाउन बजार खोज्न सकेको छैन, जसले गर्दा निगम चरम आर्थिक संकटमा फसिसकेको छ । सरकारी जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट कर्जा लिएको निगमले ब्याज तथा किस्ता तिर्न सकेको छैन । भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको निर्माण भइसकेको छ । जेठ २ गतेदेखि व्यावसायिक उडान थाल्ने भनिएको छ । तर, यसको सञ्चालनको जिम्मा कसलाई दिने कुन मोडालिटीमा सञ्चालन गर्ने भन्ने टुंगोमा सरकार पुगेको छैन । बजार कस्तो छ, कसरी व्यवसाय गर्न सकिन्छ आदि कुराको पर्याप्त अध्ययन नगरी खर्च गर्ने र त्यसपछि सञ्चालनका लागि सरकारकै मुख ताक्ने प्रवृत्ति देखिने गरेको छ । सरकार पनि यस्ता संस्थाहरूलाई व्यावसायिक बनाउनुभन्दा प्रचारबाजीकै लागि सञ्चालन गर्न रुचाएको देखिन्छ । अतः विकास आयोजनाहरूको यस्तो बेथिति नदोहोरियून् भन्नेमा सरोकारवाला सबैको ध्यान जानु जरुरी छ ।

काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु

प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन सर्भेका लागि प्राविधिक टोली पठाएसँगै सर्भे सुरु भएको जानकारी दिएका छन् ।यसअघि गत भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा रेलमार्गको पूर्वअध्ययन गर्नेसम्बन्धी द्विपक्षीय सम्झौतामा दुई देशबीच हस्ताक्षर भएको थियो ।सम्झौताअनुसार रेलमार्गको विस्

काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु

काठमाडौं । प्रस्तावित काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु गरिएको छ । भारत सरकारको आर्थिक सहयोगमा सर्भेको काम सुरु भएको हो । रेल विभागका प्रवक्ता अमन चित्रकारले भारत सरकारले नेपालमा लोकेसन सर्भेका लागि प्राविधिक टोली पठाएसँगै सर्भे सुरु भएको जानकारी दिएका छन् । यसअघि गत भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र […] The post काठमाडौं–रक्सौल रेलमार्गको ‘फाइनल लोकेसन सर्भे’ सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

जयनगर–कुर्था रेलवे लिक परीक्षण सफल

जयनगर–कुर्था रेलमार्ग परिक्षण सफल भएको छ । शनिबार जनकपुरधाम रेल्वे स्टेशन हुँदै भारतीय रेल कम्पनीका प्राविधिक टोली सहित जयनगर–कुर्था रेल लिक परीक्षण सफल भएको हो ।