जयनगरबाट जनकपुरका लागि छुट्यो नेपाली रेल (फोटोफिचर)

कुर्था–जनकपुर–जयनगर रेल्वे उद्घाटन गरिएसँगै जयनगरबाट जनकपुरधामका लागि नेपाली रेल प्रस्थान गरेको छ। भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीबाट संयुक्त रुपमा भर्चुअल्ली उद्घाटन गरेपछि...

सम्बन्धित सामग्री

नेपाली रेल चढ्न तछाडमछाड

नेपालको एक मात्र रेलवे सेवा कुर्था–जयनगर रेलमा यात्रा गर्ने यात्रुको चाप धेरै हुँदा रेल चढ्न यात्रुहरुले एउटा युद्ध नै जितेको अनुभव गर्ने गर्छन् ।

दुवै जना प्रधानमन्त्रीले हरियो झन्डा देखाएपछि चल्यो नेपाली रेल

चैत १९, काठमाडौं ।   औपचारिक रुपमाा शनिवारदेखि जनकपुर जयनगर रेल सेवा सञ्चालनमा आएको छ । शनिवार नयाँ दिल्लीस्थित हैदराबाद हाउसबाट नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका समकक्षी नरेन्द्र मोदीले हरियो झन्डा देखाएपछि जयनगरबाट कुर्थाका लागि नेपाली रेल सञ्चानमा आएको हो । उद्घाटनसँगै  आइतवारदेखि रेल नियमित रूपमा सञ्चालन हुने छ । अव उक्त रेलले भारतको जयनगरदेखि नेपालको कुर्थासम्म यात्रु ओसार्ने काम नियमित गर्ने छ । आइतवारदेखि रेल बिहान र दिउँसो दुई पटक यात्रु लिएर जयनगर–कुर्था खण्डमा रेल चल्नेछ । अनलाइन प्रविधिबाट रेलको टिकट उपलब्ध गराउने व्यवस्था गरिएको छ । टिकटमा क्यूआर कोड हुनेछ । रेलमा यात्रा गर्ने यात्रुको टिकट अनलाइनबाटै जाँच गर्ने उपकरण टीटीलाई उपलब्ध गराइएको छ ।  रेलमा सिटमा बसेर र उभिएर यात्रा गर्ने व्यवस्था पनि मिलाइएको रेलवे कम्पनीले बताएको छ । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरेको कम्पनीले बताएको छ । लामो समयदेखि रेल पालले छोपेर राखिएको थियो । २०७६ वैशाख २७ गते भारत सरकारसँग रेल खरीदसम्बन्धी सम्झौता भएको थियो। भारतीय रेलवे कम्पनी कोंकरले उक्त रेल निर्माण गरेको हो ।

नेपाली रेल चढ्न पहिचान खुल्ने कागजात अनिवार्य बोक्नुपर्ने !

जनकपुरधाम – नेपाली रेल सर्वसाधारणका लागि सञ्चालन गरिने भएको छ। फागुनदेखि नै ड्राइरन सञ्चालन गरेको नेपाल रेल्वे कम्पनी लिमिटेडले आइतबारदेखि सर्व साधारणहरुका लागि रेल सञ्चालन गर्न लागेको हो। यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शनिबार रेल उद्घाटन गर्न लागेका हुन्। भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म चल्ने रेलमा भने सुरक्षा दृष्टिले […]

नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने

जनकपुर । नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले शनिवार अपरान्ह १२:३० बजे रेल्वे सेवा सञ्चालनको औपचारिक उदघाटन हुने जानकारी दिएका छन् । उनका अनुसार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हैदारावाद हाउसबाट संयुक्त झन्डोत्तलन गरेपछि जयनगरबाट रेल जनकपुरका लागि प्रस्थान गर्नेछ । ‘भोली १२:३० बजेमा हामी जयनगर पुग्नेछौं, जयनगरमा रेलको […] The post नेपाली रेल जयनगरमा सजिँदै, भाेलि विद्यार्थी बोकेर नेपाल प्रवेश गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेपाली रेल अब एक दिन बिराएर गुडाइने

काठमाडौँ। पछिल्लो एक महिनादेखि बिना यात्रु दिनहुँ गुड्दै आएको नेपाली रेल अब महिनाको १५ दिन मात्रै गुड्ने भएको छ । गत फागुन १ गतेदेखि दिनमा एक पटक बिना यात्रुको रेल भारतको जयनगरदेखि जनकपुरधाम हुँदै कुर्थासम्म गुडिरहेको छ । तर, अब महिनाको १५ दिन मात्रै रेल गुडाइने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए । […]

नेपाली रेल आजदेखि सञ्चालन

जनकपुरधाम । नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको रेल सञ्चालन गर्न लागिएको हो । भारतको जयनगर हुँदै जनकपुरधाम–कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा […]

आजदेखि नेपाली रेल खाली कुदाइँदै

१ फागुन, जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था […]

नेपाली रेल रोकिएको रोकियै

गत वर्षको असोज ३ गते नेपाल सरकारले तामझामका साथ २ वटा रेल नेपाल भित्र्यायो । नेपालले आफ्नै रेल किन्दा मुलुकमै खुशी छायो तर किनेको नयाँ रेल पनि थन्किएको १ वर्ष भएको छ । रेल छोपेको पाल समेत च्यातिएर धुजाधुजा भएका छन् । छोपिएको रेल नांगिएको छ । अझै सरकारलाई रेल चलाउने साइत जुरेको छैन ।  धनुषाको जनकनन्दनी गाउँपालिकाको इनर्वा स्टेसनमा पहेलो पाल ओढाएर राखिएको रेल अलपत्र जस्तै बनेको छ । कर्मचारी भर्ना प्रक्रियाको जटिलताका कारण रेलको स्थायी सञ्चालन प्रक्रिया अनिश्चित बनेको हो । लामो समयपछि नेपाल सरकारको स्वामि...

नेपाली रेल चलाउन भारतको ताकेता

भारतबाट खरिद गरी ल्याइएको रेल लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको बेला रेल चलाउन भारत सरकारले ताकेता गरेको छ । नेपाल र भारतबीच सञ्चालन हुने रेलका लागि नेपाल सरकारले भारतको कोनकन रेल्वेज कर्पोरेसनबीच भएको सम्झौताअनुसार रेल चलाउन नेपाल सरकारलाई तोकता गरेको हो । नेपाल र भारत सरकारबीच भएको सम्झौताअनुरुप नेपालमा रेल चलाउने जनशक्ति नभएकाले चेन्नइस्थित कोनकन रेलवेले कर्पोरेसनले रेल सञ्चालनको जिम्मा लिएको छ । रेल सञ्चालनको जिम्मा पाएको कर्पोरेसनले जनकपुरधाममा तालिम दिएका १ सय ८६ कर्मचारीलाई राखेर तलब ख...

आज जनकपुर आउँदै नेपाली रेल

भारतको जयनगरस्थित रेल्वे स्टेसन आइपुगेको नेपाली रेल परीक्षणका लागि जनकपुर आउँदै, कोभिडका कारण सञ्चालनको मिति