रिलायन्स फाइनान्सको १०.५३% लाभांश पारित

रिलायन्स फाइनान्स लिमिटेडले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेकाले कम्पनीले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भर्चुअल माध्यमबाट साधारणसभा सम्पन्न गरेको हो । सभाले १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।कम्पनीको १० प्रतिशत बोनस सेयर वितरण पछि […]

सम्बन्धित सामग्री

रिलायन्स फाइनान्सको साधारण सभा सम्पन्न, १५.७९ % लाभांश पारित

माघ २, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  सभाले कुल १५ दशलमव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशलमव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  कोरोना महामारीका बीच साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले बताएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।

१५.७९% लाभांश पारित गर्न बोलायो रिलायन्स फाइनान्सले पुस ३० मा साधारण सभा

पुस ९, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ । कम्पनीले सभा कम्पनीको मुख्य कार्यालय प्रदशनिमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै सभाले यस फाइनान्ससँग कुनै पनि बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कम्पनीले पुस २० गते एक दिन बन्द गर्ने जानकारी गराएको छ ।  यस आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

रिलायन्स फाइनान्सको साधारण सभा सम्पन्न, १०.५३%  लाभांश पारित

वैशाख २२, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  सभा बुधवार भर्चुअल माध्यमबाट कम्पनीको मुख्य कार्यालय प्रदर्शनीमार्गमा सम्पन्न भएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।  कम्पनीको १० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ९१ करोड ५६ लाख ५७ हजार पुगेको छ । कम्पनीले साधारण सभा सम्पन्न गरेको र लाभांश पारित गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

वैशाख ९, काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको हो । यो लाभांश पारित गर्न कम्पनीले आगामी वबैशाख २२ गते लैनचौर ब्याक्वेंटमा साधारण सभा आयोजना गरेको छ ।

रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवार

वैशाख ८, काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि वैशाख १० गते बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।  कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको हो । यो लाभांश पारित गर्नका लागि कम्पनीले आगामी बैशाख २२ गते लैनचौर ब्याक्वेंटमा साधारण सभा आयोजना गरेको छ । सभा बिहान ११ बजेबाट शुरु हुनेछ ।