पुस ९, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा पुस ३० गते गर्ने भएको छ ।
कम्पनीले सभा कम्पनीको मुख्य कार्यालय प्रदशनिमार्ग, काठमाडौंमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको छ । सभाले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत लाभांश गरी कुल १५ दशमलव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले यस फाइनान्ससँग कुनै पनि बैंक, विकास बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका कम्पनीले पुस २० गते एक दिन बन्द गर्ने जानकारी गराएको छ ।
यस आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले साधारण सभा भाग लिन र लाभांश पाउनेछन् । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।