वैशाख ९, काठमाडौं । रिलायन्स फाइनान्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।
कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शुक्रवार बुक क्लोज गरेसँगै बिहीवारसम्म कायम शेयरधनीले लाभांश र साधारण सभामा भाग लिन पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने भएको हो । यो लाभांश पारित गर्न कम्पनीले आगामी वबैशाख २२ गते लैनचौर ब्याक्वेंटमा साधारण सभा आयोजना गरेको छ ।