वैशाख २२, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले ११औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभा बुधवार भर्चुअल माध्यमबाट कम्पनीको मुख्य कार्यालय प्रदर्शनीमार्गमा सम्पन्न भएको हो । सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनीको १० प्रतिशत बोनस शेयर वितरण पछि पूँजी रू. ९१ करोड ५६ लाख ५७ हजार पुगेको छ । कम्पनीले साधारण सभा सम्पन्न गरेको र लाभांश पारित गरेको नेप्सेमार्फत जानकारी गराएको हो ।