माघ २, काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सभाले कुल १५ दशलमव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीले १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ७९ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल १५ दशलमव ७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कोरोना महामारीका बीच साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरेको कम्पनीले बताएको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस २० गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस १९ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् ।