काठमाडौँ – निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा परमादेशमार्फत रोक लगाएसँगै सर्वोच्च अदालतले पूर्ण पाठ त परै जाओस्, संक्षिप्त आदेश पनि लुकाएको छ। झन्डै तीन अर्बभन्दा बढी खर्च भएको विमानस्थल निर्माणमा पुनरावेदन नै हुन नसक्ने गरी अचानक रोक लगाएको महत्वपूर्ण मुद्दामा आदेश दिएको १० दिनबढी नाघिसक्दासम्म सर्वोच्चले संक्षिप्त आदेश लुकाएको हो। ‘राष्ट्रको महत्वपुर्ण आदेशका बारेमा जानकारी लिनका […]