काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउनेहरूलाई प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने तयारी गरेको छ।आयोगले सम्पादकहरूसँग आइतबार गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय तह निर्वाचनको खर्च विवरण नबुझाउनेहरूलाई आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउने बताए। सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन हुने निर्णय गरेको छ।आयोगका अनुसार गत वैशाखमा सम्पन्न स्थानीय तह