काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउने प्रक्रियाका सबै कामलाई रोक लगाउनेगरी सर्वोच्च अदालतबाट फैसला आउनु दु:ख लाग्दो रहेको बताएका छन्।प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै अध्यक्ष नेपालले विमानस्थल बनाउन रोक लगाउने कुरामा सबै राजनीतिक दल गम्भीर हुनुपर्ने बताए। उनले यदि तर्क तथ्यको आधारमा केके कुराले रोकेको हो? भन्दै प्रश्नसमेत गरे।उनले विमानस्थलको गहिरो अध्ययन गरेर अर्बौं रुपैयाँ खर्च भइसकेको अवस्थामा विमानस्थलमा रोक लगाउने विषयमा एक