धनगढी : नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि कहिलेकसो मात्रै दार्चुला सदरमुकाम झर्छन् व्याँसवासी।नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ। पहाडको बाटो असुरक्षित। जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि उनीहरूका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले चरम समस्यामा परेका छन्।त्यसैमाथि मालगाउँमा खाद्यान्नको संकटपूर्ण अवस्था सिर्जना भएको बताउँदै भाकभोकै बस्नुपर्ने स्थिति आएको बताउँछन्