उत्तर कोरियमा खाद्यान्न संकट छाएको छ ।
खानेकुराको मूल्य आकासिँदा त्यहाँका नेता किम जोङ उनले पनि परिस्थिति चिन्ताजनक रहेको बताएका छन् ।
किमले भने, ‘खाद्यान्न अभावको स्थिति छ किनकि पोहोर साल कृषि क्षेत्रमा आँधीबाट क्षति पुगेपछि अनाज उत्पादन योजना सफल हुन सकेको छैन ।’
राजधानी प्योङयाङमा केरा पाँच हजार रुपैयाँ प्रतिकिलोमा बिकिरहेको छ । कालो चियाको प्याकेट ८ हजार अनि कफीको प्याकेट १२ हजार रुपैयाँमा बिकेको छ ।
संयुक्त राष्ट्रसंघको फूड यान्ड एग्रीकल्चरल अर्गनाइजेसनको एक प्रतिवेदन अनुस...