महाकालीमा तुइन बन्द भएपछि दार्चुलाको व्यासमा खाद्यान्न संकट

३१ साउन, धनगढी । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनापछि तुइन बन्द गरिँदा दार्चुलाको व्याँस गाउँपालिकामा खाद्यान्न संकट उत्पन्न भएको छ । तुइनको माध्यमबाट महाकाली नदी वारपार गरेर भारतीय भूमि हुँदै दैनिक उपभोग्य सामग्रीको आपूर्ति गर्दै आएका व्यासबासी तुइन बन्द भएपछि समस्यामा परेका हुन् । विशेषगरी नेपालतर्फबाट सडकको पहुँच नभएका व्यास गाउँपालिका वडा नम्बर […]

सम्बन्धित सामग्री

व्यासमा खाद्यान्न अभाव

विकट गाउँबाट सदरमुकाम पुग्न सोझो बाटो छैन । पारिको भारतीय सीमावर्ती क्षेत्रबाट नुन–तेल चलेको व्यास गाउँपालिकाको माथिल्लो क्षेत्रमा खाद्यान्न संकट सुरु भएको छ । महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनापछि तुइन बन्द गरिँदा व्यास–१, २, ३ र ४ वडामा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको अभाव सुरु भएको हो ।

मालगाउँमा खाद्यान्न संकट, भोकै छन् व्याँसवासी

धनगढी : नागरिकता बनाउन र अन्य सरकारी कामकाजका लागि कहिलेकसो मात्रै दार्चुला सदरमुकाम झर्छन् व्याँसवासी।नेपाली भूमी भएर खलंगा पुग्न एक दिन पुरै लाग्छ। पहाडको बाटो असुरक्षित। जोखिमको यात्रा गर्नुपर्छ। जयसिंह धामी तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता भएको घटनापछि उनीहरूका लागि भारतको बाटो पनि बन्द भएको छ। भारतको बाटो हुँदै सदरमुकाम आवतजावत गर्ने व्यासवासीले अहिले चरम समस्यामा परेका छन्।त्यसैमाथि मालगाउँमा खाद्यान्नको संकटपूर्ण अवस्था सिर्जना भएको बताउँदै भाकभोकै बस्नुपर्ने स्थिति आएको बताउँछन्