खानेपानीका आयोजनाको प्रगति ८० प्रतिशत

खानेपानी मन्त्रालयको वार्षिक भौतिक प्रगति ८० प्रतिशत भएको छ । मन्त्रालय मातहतका निकायको आर्थिक वर्ष ०७६÷७७ मा गरेका भौतिक तथा वित्तीय प्रगतिको तेस्रो चौमासिक एवं वार्षिक समीक्षा बैठकमा ८० प्रतिशत प्रगति भएको बताइएको हो । मन्त्रालय अन्तर्गत गत आर्थिक वर्षमा १४ वटा आयोजना सम्पन्न भई एक लाख ९० हजार २९२ जनसङ्ख्या उच्च तथा मध्यमस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको सहसचिव सिंखडाले बताउनुभयो । गत आर्थिक वर्षमा २४२ आयोजना सम्पन्न भई एक लाख ९४ हजार ४२३ जनसङ्ख्या आधारभूतस्तरको खानेपानी सेवाबाट लाभान्वित भएको उहाँको भनाइ छ ।

सम्बन्धित सामग्री

बेनी-जोमसोम-कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ।

बेनी–जोमसोम–कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ ।

मध्यतमोर जलविद्युत् आयोजनाको प्रगति ८० प्रतिशत

निर्माणाधीन अवस्थामा रहेको मध्यतमोर जलविद्युत् आयोजनाको प्रगति करिब ८० प्रतिशत पुगेको छ । यसको निर्माण सानिमा

सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्न सुरु, ८ प्रतिशत बढी भौतिक प्रगति

सरकारको मुख्य प्राथमिकतामा रहेको राष्ट्रिय गौरवको आयोजना अन्र्तगतको सुनकोसी मरिण डाइभर्सन आयोजनाको भौतिक प्रगति ८ दशमलव ८० प्रतिशत प्रगति भएको आयोजनाका निर्देशक मित्र बरालले जानकारी दिए।...

सिँचाइ मन्त्रालयको वित्तीय र भौतिक प्रगती ८० प्रतिशत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वित्तीय र भौतिक प्रगति क्रमश: ७६.६६ र ८० प्रतिशत हासिल भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले मन्त्रालयको जिम्मेवारी प्राप्त गरेपछि गरेका कार्य सार्वजनिक गर्दै वित्तीय र भौतिक प्रगति क्रमश: ७६.६६ र ८० प्रतिशत हासिल भएको बताएकी हुन् ।मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री भुसालले कोभिड–१९ को असर र अन्तर्राष्ट्रिय […]

ऊर्जा मन्त्रालयको भौतिक प्रगति ८० प्रतिशत

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गत आर्थिक वर्षमा सम्पन्न गर्नुपर्ने काम तथा दायित्व करिब ८० प्रतिशत पूरा गरेको छ । मङ्गलबार मन्त्रालयमा बसेको समीक्षा बैठकअनुसार मन्त्रालयको समग्र वित्तीय प्रगति ७६.६६ प्रतिशत र भौतिक प्रगति ८० प्रतिशत रहेको छ । गत आर्थिक वर्षका लागि सो मन्त्रालयका लागि कुल १ खर्ब ३ अर्ब ८० करोड रुपियाँ विनियोजन भएको थियो । सोमध्ये ७९ अर्ब ८४ करोड रुपियाँ खर्च भएको मन्त्रालयले जनाएको छ ।

राष्ट्रिय महत्वका आयोजनाको प्रगति कमजोर

राष्ट्रिय महत्वका ३३ आयोजनामध्ये ५ वटाको मात्र भौतिक प्रगति ८० प्रतिशत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको गत चैतसम्मको विवरणअनुसार स्वास्थ्य बिमा बोर्ड, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मदन भण्डारी राजमार्ग, सघन सहरी विकास कार्यक्रम र राष्ट्रिय परिचयपत्र तथा घटना दर्ता कार्यक्रमको मात्र प्रगति राम्रो रहेको छ । १८ वटा आयोजनाको ५०.८० प्रगति […]

जगदुल्ला जलविद्युतको टेष्ट अडिट टनेलको ८० प्रतिशत प्रगति

जाजरकोट– स्वदेशी लगानीमा निर्माण कार्य सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत आयोजना १०६ मेगावाटको ट्रस्ट अडिट टनेलको काम पुस मसान्तसम्ममा सम्पन्न हुने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत उत्पादन गृहमा थप भौगर्भिक अध्ययन कार्यको लागि निर्माण गरिरहेको टेष्ट अडिट टनेलको प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको योजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए । कुल ४०० मिटर […]

डिभिजन सडक काठमाडौं : चालू आवमा ८० प्रतिशत भौतिक प्रगति हुने अनुमान

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले चालू आवमा लक्ष्यको ८० प्रतिशत मात्रै सडक निर्माण गर्ने अनुमान गरेको छ । अहिलेसम्मको प्रगतिका आधारमा अबका ५÷६ दिन काम गर्न पाए सो प्रगति हासिल गर्न सकिन डिभिजन कार्यालयले बताएको छ । चालू आवमा कोभिडका कारण काममा बाधा पुगेकाले डिभिजनले लक्ष्यभन्दा कम प्रगति हुने देखिएको छ । विगत २ महीनामा निर्माण र मर्मत दुवै काममा निषेधाज्ञाका कारण अवरोध पुगेको डिभिजनले बताएको छ । अहिले मनसुनका कारण कालोपत्र गर्न नसकिएको डिभिजन प्रमुख कुवेर नेपालीले बताए । ‘वर्षा भइरहँदा सडक निर्माणको अरू काम गरे पनि कालोपत्र गर्न सकिँदैन,’ उनले भने, ‘अझै पनि मौसममा सुधार आए काम गर्न सकिनेछ ।’ डिभिजनले २१ किमी नियमित मर्मतको लक्ष्य राखेकोमा अहिलेसम्म झण्डै १३ किमी सम्पन्न भएको छ । अहिले गर्नुपर्ने ठाउँमै मेलम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि खाल्डो खनिएकाले बाधा पुगेको प्रमुख नेपालीले बताए । उनका अनुसार अझै पनि दुई/तीन दिन घाम लागेमा नयाँ निर्माण नसकिए पनि मर्मतको काम गर्न सकिनेछ । त्यस्तै चालू आवमा १५ किमी मर्मतको लक्ष्य लिइएकोमा अहिलेसम्म १० किमी सकिएको उनले बताए । विगतका वर्षमा काठमाडौंका मुख्य सडक खाल्डा नै खाल्डा हुने गरेकोमा गत आवमा मुख्य सडकमा कालोपत्र थप्ने काम (ओभरले) भएको थियो । चालू आवमा गत आवमा गर्न बाँकी ठाउँमा ‘ओभर ले’को योजना बनाइएको भए पनि गत वैशाख १७ गतेदेखि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञामा समन्वय हुन नसक्दा काम हुन सकेको थिएन । वैशाख र जेठमा संक्रमणको उच्च जोखिम र प्रशासनबाट आवश्यक समन्वयको कमीका कारण निर्माण अघि बढ्न नसकेको हो । डिभिजनले चालू आवमा मुख्य सडकमा पैदलयात्रु मार्ग निर्माणलाई अघि बढाइरहेको छ । रासस

काठमाडौं–तराई द्रुत मार्गमा १७ अर्ब १७ करोड खर्च, कति भयो प्रगति ?

नेपाली सेनाले काठमाडौं–तराई द्रुत मार्ग सडकखण्डमा १७ अर्ब ८३ करोड करोड रुपैयाँ खर्च भएको छ । नेपाली सेनाले यो आर्थिक बर्षको पुष मसान्तसम्म वार्षिक प्रगति भौतिक तर्फ ४२.८५ प्रतिशत र  वित्तिय तर्फ ४२. ८० प्रतिशत रहेको तथा समष्टिगत प्रगति भौतिक तर्फ ११.११ प्रतिशत काम भएको र वित्तिय तर्फ ९.५२ प्रतिशत खर्च भएको नेपाली सेनाले जनाएको छ । आयोजनाको समस्टिगत छैटौं चरणमा चलिरहेको छ ।  संरचनागत प्रगति तर्फ कुल लम्वाई ७२.५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाइ ६.४१ कि.मी., विभिन्न पुलहरूको लम्बाइ १०.५९ ...