म्याग्दी- आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सिमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र...
चालु आर्थिक वर्षको फागुन मसान्तसम्म कूल ६२१ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । सरकारले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोसी ४५६ मेगावाट आयोजना निर्माण सम्पन्न भई विद्युत् उत्पादन नियमित भइरहेको छ । चालु आवमा एक हजार ६२९ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने लक्ष्य राखिएको थियो । त्यसमा रसुवागढी आयोजनाबाट कूल १११ मेगावाट, साञ्जेन र माथिल्लो साञ्जेनबाट ५६ मेगावाट, त्रिशूली थ्री बीबाट ३७ मेगावाट, राहुघाटबाट ४० मेगावाट, मध्यभोटेकोसीबाट १०२ मेगावाट र निजी क्षेत्रबाट निर्माणाधीन आयोजनाबाट एक हजार ५५ मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोड्ने लक्ष्य राखिएको भए पनि लक्ष्यअनुसार प्रगति हुन नसकेको उक्त सर्वेक्षणमा उल्लेख छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विवरणअनुसार राहुघाट जलविद्युत् आयोजनाको भौतिक प्रगति ४२.६८, माथिल्लो त्रिशुली थ्री बीको भौतिक प्रगति ६१.५, रसुवागढी आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत, माथिल्लो साञ्जेनको ९३ प्रतिशत, तल्लो साञ्जेनको भौतिक प्रगति ८६ प्रतिशत र मध्यभोटेकोसीको भौतिक प्रगति ८० प्रतिशत बराबर छ । सो अवधिमा ५०० घरधुरीमा निःशुल्क बिजुली मिटर जडान र थप पाँच–पाँच जिल्लामा विद्युतीकरण सम्पन्न भएको छ । चालु आवमा उखुको बगासबाट तीन मेगावाट बिजुली र सौर्य ऊर्जाबाट १४ मेगावाट गरी थप १७ मेगावाट बिजुली उत्पादन भएको छ । त्यस्तै, ७२ हजार थान थ्री फेज स्मार्ट मिटर खरिद गरिएको, हालसम्म ४३ हजार ९३० थान प्रतिस्थापन गरी एएमआई प्रणालीमा जोडिएको छ । त्यस्तै, २४ हजार ९३९ थान नयाँ ग्राहकमा जडान भएको छ । चालु आवको फागुन मसान्तसम्म १७ लाख ५३ हजार ६४२ व्यवसायी स्थायी लेखानम्बर जारी भएको, २९ लाख चार हजार ७७१ व्यक्तिगत लेखा नम्बर, दुई लाख ९० हजार ८२६ मूल्यअभिवृद्धि कर र एक लाख १४ हजार ८८३ अन्तःशुल्कमा दर्ता भएका छन् ।
जाजरकोट । स्वदेशी लगानीमा निर्माण हुन लागेको अर्ध जलाशययुक्त जगदुल्ला जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययनदेखि निर्माण चरणमा पुग्ने काम अघि बढेको छ । १०६ मेगावाटको उक्त आयोजनाका लागि मुआब्जा वितरणदेखि निर्माणका अन्य प्रक्रिया शुरू भएको जगदुल्ला हाइड्रोपावर कम्पनीका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले बताए ।
आयोजनाको विद्युत् उत्पादनगृह मुड्केचुला गाउँपालिका–४ इलमा निर्माण हुनेछ भने जगदुल्ला गाउँपालिका–१ हुरिकोटमा मुख्य बाँध रहनेछ । नेपालको पानी जनताको लगानीअन्तर्गत आयोजनाले विद्युत् उत्पादन गर्नेछ । करिब २० अर्ब लगानीमा निर्माण हुन लागेको यो आयोजना दैनिक एक करोड २० लाख आम्दानी गर्ने अपेक्षा छ ।
उज्यालो नेपाल अभियानमार्फत मुलुकको ऊर्जा विकासमा टेवा पुर्याउन कम्पनी ऐनअनुसार २०७४ जेठ १६ गते यस कम्पनीको स्थापना गरिएको थियो । कम्पनीले छोटो समयमा आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन प्राप्त गरी वातावरणीय प्रभाव मूल्यांकन कार्यअन्तर्गत सार्वजनिक सुनुवाइ पनि गरिसकेको छ ।
आयोजनाको विद्युत्गृह स्थल इलमा थप भौगर्भिक अध्ययन कार्यका लागि निर्माण गरिरहेको टेस्ट अडिट टनेलको समेत प्रगति ८० प्रतिशत सम्पन्न गरिसकेको बताएको छ । कुल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङको ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । अस्थायी कार्यालय तथा आवास भवनको निर्माणको कम समेत सम्पन्न गरिसकेको छ ।
जटिल भूगोल र हेलिकोप्टरबाट ल्याइएका सामग्रीबाट त्यहाँको नमूना परीक्षण हुने गरेको छ । आयोजनाका लागि आवश्यक पर्ने २६० रोपनी जग्गा अधिग्रहण र मुआब्जाको काम अघिल्लो वर्ष नै भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम समेत सम्पन्न अघिल्लो वर्ष सम्पन्न भइसकेको छ ।
आयोजनाले उत्पादित विद्युत् विक्रीका लागि गरिने विद्युत् खरिद विक्री सम्झौता नेपाल विद्युत् प्राधिकरणसँग तथा वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल तथा प्रस्तुतीकरण गरी सम्झौताको अन्तिम चरणमा रहेकाले अर्को आर्थिक वर्ष मुख्य कार्यको निर्माण शुरू गर्ने लक्ष्य रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले बताए ।
आयोजनाको पहुँच मार्ग जाजरकोट–डोल्पा सडक त्रिवेणीबाट करिब ४५ किलोमिटर सहायक सडक निर्माण गरी आयोजनास्थल मुड्केचुला र जगदुल्ला सडकखण्ड निर्माण गर्नुुपर्ने बाध्यता छ । डोल्पास्थित प्रदेश सरकार मातहत रहेको भौतिक पूर्वाधार कार्यालय तथा स्थानीय पालिकासँग कम्पनीले सहकार्य गरी करिब ३० किलोमिटर ट्र्याक खोल्ने कार्य सम्पन्न गरिसकेको र अहिले निर्माण गरिरहेको सडक पूर्वाधारको काममा पनि उल्लेख्य प्रगति देखिएको छ । कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले आयोजनाको काम सन्तोषजनक भएको भन्दै जिल्लाको गौरवसँग मात्र नभई कर्णालीकै भविष्यसँग जोडिएको यो आयोजना निर्माणका लागि सबैले सहयोग आवश्यक रहेको बताए । रासस
जाजरकोट । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस अडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटको सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको बताइएको छ । आयोजना सुरुङको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको बताइएको छ । कुल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । जाजरकोट–डोल्पा (भेरी कोरिडोर) सडकखण्ड अन्तर्गत जोडिएको त्रिवेणीबाट जगदुल्ला गाउँपालिका–१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडक खण्ड ६ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले जानकारी दिए ।
आयोजना निर्माणस्थलमा रहेको २६० रोपनी जग्गा अधिग्रहण गरी मुआब्जासमेत वितरण भइसकेको छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को कामसमेत सम्पन्न भएको छ । आयोजना निर्माणका लागि २० अर्ब लाग्ने अनुमान गरिएको उनले बताए । आयोजनाको वातावरणीय अध्ययनको प्रतिवेदन वन तथा वातावरण मन्त्रालयबाट स्वीकृत गरी यसको सार्वजनिक सुनुवाइ बाँधस्थल (जगदुल्ला गाउँपलिका–४ माझगाउँ), सुक्खा तटीय क्षेत्र (मुड्केचुला गाउँपालिका–६ नर्कु) र विद्युत्गृहस्थल (मुड्केचुला गाउँपालिका–४ इल) मा यही पुस २, ४ र ६ गते गरिसकेको छ । आयोजनाको वातावणीय अध्ययनको मस्यौदा प्रतिवेदन आगामी माघभित्र पेश गरी चैत महिनाभित्र वातावणीय अध्ययनको अन्तिम प्रतिवेदन स्वीकृत गर्ने लक्ष्य रहेको आयोजनाले बताएको छ । आयोजनाको विद्युत् उत्पादनगृह इलमा अहिले टेस्ट अडिट टनेलको काम र कार्यालय तथा आवास व्यवस्थापन लागि दुई भवन निर्माण गरिएका छन् । विद्युत् खरिद विक्री तथा सम्झौताका लागि आवश्यक सहकार्य काम जारी छ । वित्त व्यवस्थापनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थासँग आवश्यक समन्वय भइरहेको आयोजनाले बताएको छ ।
आयोजनास्थलसम्म जान र आउन इल, निलदहमा पुल आयोजना आफैले निर्माण गर्ने भएको छ । जाजरकोट–डोल्पा सडकखण्डको त्रिवणीबाट इलसम्मको ११ र बाँकी ३६ किलोमिटर सडक भौतिक पूर्वाधार विकास कार्यालय डोल्पाले बोलपत्र आह्वान गरेर अघिल्लो वर्षदेखि काम गर्ने भनिए पनि ठेकेदारको ढिलासुस्तीले बल्ल शुरू गर्न लागिएको छ ।
वातावरणीय अध्ययनको काम अन्तिम चरणमा पुगेसँगै मुख्य परामर्शदाता, ठेकेदार छनोट प्रक्रिया यो आर्थिक वर्षमा अगाडि बढाई आगामी आर्थिक वर्षदेखि निर्माण शुरू गर्ने आयोजनाको दाबी छ । अहिले मुख्य परामर्शदाता, मुख्य ठेकेदार छनोटको बोलपत्रसम्बन्धी कागजात तयारी गरिरहेको र निकट भविष्यमा बोलपत्र आह्वान गर्ने तयारीमा रहेको निमित्त कार्यकारी प्रमुख सापकोटाले जानकारी दिए । विद्युत् खरिद विक्रीका लागि नेपाल विद्युत् प्राधिकरणसमक्ष प्रतिवेदन पेश गर्नुका साथै स्वीकृत गरेर खरिद विक्रीको सम्झौतासमेत तीन महिनाभित्र गरिसक्ने लक्ष्य छ । रासस
तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादनगृहमा थप भौगर्भिक अध्ययनका लागि सो काम जारी रहेको जनाइएको छ । टनेलको प्रगति ८० प्रतिशत सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । कूल ४०० मिटर लम्बाइ रहेको नमूना परीक्षण सुरुङमा ३२० मिटर खन्ने काम सम्पन्न भएकोे छ । जाजरकोट–डोल्पा (भेरी करिडोर) सडकखण्डअन्तर्गत जोडिएको त्रिवेणीबाट जगदुल्ला गाउँपालिका–१ र २ मा पर्ने काइगाउँ ४५ किलोमिटर सडकखण्डलाई छ महिनाभित्र सडक निर्माण गर्ने लक्ष्य रहेको आयोजनाका निमित्त कार्यकारी प्रमुख सञ्जय सापकोटाले जानकारी दिनुभयो ।
म्याग्दी । कोरोना कहर र निषेधाज्ञाका कारण देशमा अधिकांश गतिविधि ठप्पप्रायः भइरहेका बेला म्याग्दीमा भने विकास निर्माणका काम नियमित रूपमा भइरहेका छन् । जिल्लामा राष्ट्रिय गौरवका सडक आयोजनासँगै अन्य विकास निर्माणमा कोरोनाले गतवर्ष जस्तो प्रभाव पारेको छैन । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक, जिल्लाका स्थानीय तह जोड्ने कृषि वा ग्रामीण सडक स्तरोन्नति तथा मर्मत र पुल निर्माण धमाधम भइरहेको छ ।
कोरोना संक्रमणको जोखिम उच्च रहेको भए पनि राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको गलेश्वर–बेगखोला खण्डको सडक कालोपत्र शुरू भएको छ । उत्तर दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर अन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–३ राहुघाटदेखि वडा नं १ बेगखोला जोड्ने सडक आइतवारदेखि कालोपत्र शुरू भएको हो ।
गतवर्ष नै कालोपत्र गर्ने तयारी गरिए पनि कोरोना र बन्दाबन्दीका कारण रोकिएको काम एक वर्षपछि सुचारु भएको हो । सडकको धेरै ठाउँमा बर्खामा कटान र पहिरोले क्षति गरेको थियो । आयोजनाको पहिलो प्याकेजको मुख्य ठेकेदार शर्मा–युनाइटेड जेभीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले कालोपत्र गर्न प्राइम (बिटुमिन) बिछ्याउन शुरू गरेको हो ।
ओमकारेश्वर कन्स्ट्रक्सनका सञ्चालक अमृत दाहालले कुनौटोदेखि गलेश्वरतर्फ प्राइम कोड हालेर कालोपत्रको काम शुरू गरेको बताए । मौसमले साथ दिएमा गलेश्वरदेखि बेगखोला सम्मको ८ किलोमिटर सडकमध्ये ६ किलोमिटर जेठभित्र कालोपत्र गरिसक्ने उनको भनाइ छ ।
त्यसैगरी पश्चिम म्याग्दीको बाबियाचौरदेखि अर्मन नेटा जोड्ने पक्की पुलको निर्माण पनि धमाधम भइरहेको छ । लुम्बिनी प्राकृतिक जेभीले ११ करोडमा ठेक्का लिएको यो पुलको भौतिक प्रगति ८० प्रतिशत रहेको र असार मसान्तसम्म पूरा गर्ने लक्ष रहेको सब–इन्जिनियर सविनकुमार शाक्यले बताए ।
पूर्वाधार विकास कार्यालयमार्फत सञ्चालित आयोजनामा कोरोना र निषेधाज्ञाको असर नपरेको बताइएको छ । सडक र मोटरेबल पुल निर्माणको काम धमाधम भइरहेको छ । त्यसैगरी बेनीबजार संरक्षण, राहुघाट जलविद्युत्, नीलगिरि, घारखोला, मंगले राहुघाटलगायत जलविद्युत् आयोजना निर्माण धमाधम भइरहेका छन् । विकास आयोजना निर्माण जारी भएपछि ज्याला मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका विपन्न वर्गलाई राहत मिलेको छ । यस्तै पूँजी निर्माण, विकास बजेट परिचालन तथा योजना कार्यान्वयनमा सहयोग पुगेको छ ।
यता, म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका युवाहरू भने सुरक्षा सावधानी अपनाएर विकास निर्माणका काममा जुटेका छन् । गाउँका आठजना युवा मिलेर खहरेखोला–कुरुङ्दी–जलकेनी सडकको मर्मतका लागि बेनी नगरपालिकाले विनियोजन गरेको ५ लाख बराबरको कामको ठेक्का लिएर उनीहरू सडक मर्मतमा जुटेका हुन् ।
स्थानीय युवा पूर्णबहादुर हुमेनको नेतृत्वमा रामबहादुर पोख्रेल, विकास कुँवर, कृष्ण पोख्रेल लगायत युवाले अहिले धमाधम खहरे खोलामा ग्याबिन जाली भर्ने काम गरिरहेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रबहादुर कुँवरले जानकारी दिए ।
वडासदस्य कुँवरका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बेनी नगरपालिकाको ५ लाख लागतमा निर्माण गरिएको खहरेखोला–कुरुंदी–जलकेनी सडकमा गतवर्ष आएको बाढीले क्षति पुर्याएपछि सोही सडकको मर्मत कार्यमा युवाहरू जुटेका हुन् । बन्दाबन्दीको समयमा घरमा विनाकाम बस्नुभन्दा युवाले रोजगारी पनि पाउने र विकासको काम पनि हुने भएकाले सडक मर्मतको जिम्मा स्थानीय युवाहरूलाई नै दिइएको उनले बताए ।
जेठ १२, काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नोक्सानी गत वर्षभन्दा यस वर्ष घटेको छ ।
कम्पनीले बुधवार प्रकाशित गरेको चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालू आवको तेस्रो त्रैमाससम्ममा कम्पनीले रू. २ करोड ४६ लाख ४३ हजार नोक्सानी व्यहोरेको छ ।
कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. ६ करोड ४० लाख २६ हजार नोक्सानी व्यहोरेको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीले खर्च नियन्त्रण गर्दा नोक्सानी घटेको हो । सो अवधिमा कम्पनीको सञ्चालन नाफा रू. २ करोड ७ लाख ६१ हजार ऋणात्मक रहेको छ ।
चुक्तापूँजी रू. ६ अर्ब १५ करोड ७८ लाख रहेको उक्त कम्पनीको रिटेन्ड अर्निङ रू. २२ करोड ६४ लाख ऋणात्मक छ । रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिकामा १११ मेगावाट क्षमताको निर्माणाधीन रसुवागढी जलविद्युत् आयोजनाको हालसम्म करीब ८० प्रतिशत भौतिक प्रगति रहेको छ ।
५० प्रतिशत स्वपूँजी तथा ५० प्रतिशत ऋण रहने गरी वित्तीय व्यवस्थापन गरिएमोमा स्वपूँजी अन्तर्गत ५१ प्रतिशत संस्थापक शेयरधनी र ४९ प्रतिशत सर्वसाधारण शेयरधनी हुने गरी व्यवस्था गरेको कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमा उल्लेख छ ।