सरकारले रसायनिक मलका लागि छुट्याएको रकममा ३ अर्ब थपेर १५ अर्ब रुपैयाँ पुर्याएको छ । यसअघि आर्थिक वर्ष २०७८/७९ को बजेटमा रसायनिक मलका लागि १२ अर्ब रुपियाँ विनियोजन गरिएको थियो । अहिलेको सरकारले ल्याएको संशोधन बजेटले ३ अर्ब रुपैयाँ थपेको हो ।कृषि मन्त्रालयका सहसचिव हरिबहादुर केसीले रसायनिक मलका लागि सरकारले दिएको १२ अर्ब रुपैयाँमा ३ अर्ब थपेर १५ अर्ब पुर्याएको जानकारी दिए । यो १५ अर्बले अढाइदेखि तीन लाख मेट्रिक टनसम्म मल खरिद गर्न सकिन्छ । उनले भने– ‘नेपालका लागि मल खरिद गर्न २५ अर्बभन