कृषि मन्त्रालयले मलका लागि पायो थप ११ अर्ब ७५ करोड

अर्थ मन्त्रालयले रासायनिक मल खरिद गर्नका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई थप ११ अर्ब ८५ करोड रुपैयाँ उपलब्ध गराएको छ । यसअघि अर्थ मन्त्रालयले रासायनिक मल खरिदका लागि आर्थिक वर्ष २०७८/७९ बजेटमै १५ अर्ब रुपैयाँको व्यवस्था गरेको छ । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य वृद्धि भएको कारण सो रकमले नपुग्ने भन्दै कृषि मन्त्रालयले अर्थ मन्त्रालयसँग थप १३ अर्ब रुपैयाँ माग गरेको थियो ।  त्यसमध्ये यसअघि नै एक अर्ब रुपैयाँ दिइसकेको थियो । कृषि मन्त्रालयले मल खरिदका लागि २७ अर्ब ७५ करोड र

सम्बन्धित सामग्री

पर्यटन क्षेत्रले पायो ५१ प्रतिशत पुनरकर्जा

सरकारी राहत सबैभन्दा बढी पुनरकर्जा पाउनेमा पर्यटन क्षेत्र बनेको छ । नेपाल राष्ट्र बैंककाअनुसार मंसिर मसान्तसम्म कुल स्वीकृत ११ अर्ब ८४ करोड ४ लाखमध्ये सबैभन्दा बढी ५१.९७ प्रतिशत पुनरकर्जा पर्यटन क्षेत्रले मात्र पाएको हो । बैंकका अनुसार कोभिड–१९ अतिप्रभावित पर्यटन, होटल तथा ट्रेकिङ्ग व्यवसायको क्षेत्रले मंसिर मसान्तसम्म कुल छ अर्ब १५ करोड ३३ लाख रुपैयाँ पुनरकर्जा पाएको छ । यस्तै, जलविद्युतको क्षेत्रले दुई अर्ब ३५ करोड ७१ लाख (१९.९१ प्रतिशत), उत्पादनमुलक क्षेत्रले एक अर्ब ९७ करोड ५