जेठ १३, काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल इक्वीटी फण्डले वैशाख मसान्त सम्मको खुद सम्पत्ति मूल्य विवरण शुक्रवार सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार फण्डको एनएभी चैत महीनाको तुलनामा वैशाख महीनामा घटेको छ । फण्डको एनएभी चैत मसान्तसम्ममा रू. १२ दशमलव २१ रहेकोमा वैशाख मसान्तमा रू. ११ दशमलव ८७ कायम भएको हो ।
त्यसैगरी फण्डको नोक्सानी पनि बढेको छ । चैत मसान्तसम्ममा फण्डले रू. २२ करोड १४ लाख नोक्सानीमा रहेकोमा वैशाख मसान्तसम्ममा बढेर रू. २६ करोड ३१ लाख पुगेको हो ।
वैशाख महीनामा फण्डको खर्चमा वृद्धि भएकाले र जम्मा आम्दानी ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । चैत मसान्तसम्ममा फण्डको जम्मा खर्च रू. २ करोड ५२ लाख रहेकोमा वैशाख मसान्त सम्ममा बढेर रू. २ करोड ७५ लाख पुगेको छ ।
त्यसैगरी फण्डको जम्मा आम्दानी वैशाख मसान्त सम्ममा रू. २३ करोड ५६ लाख ऋणात्मक रहेको छ । त्यस्तै फण्डको सूचीकृत धितोपत्रमा लगानी पनि घटेको छ । चैत मसान्तसम्ममा फण्डले सूचीकृत धितोपत्रमा रू. १ अर्ब १६ करोड लगानी रहेकोमा वैशाख मसान्तसम्ममा रू. १ अर्ब ११ करोडमा झरेको हो ।