फागुन २५, काठमाडौं। महिला उद्यमी महासंघ नेपालले महला उद्यमीहरुको विकास तथा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न गरेको छ। महासंघले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा उक्त कार्यक्रम गरेको हो ।
आफ्नो स्थापनाकाल देखि नै समावेशी तवरले महिला उद्यमीहरुको विकास एवं प्रबद्र्धनका लागि विभिन्न कार्यहरु गर्दै आएको महासंघले यसपटकको कायर्यक्रम पनि सम्पन्न गरेको हो ।
राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा हुने नीति निर्माण एवं निर्णय प्रक्रियामा महिला उद्यमीहरुका हकअधिकारहरुको सुनिश्चितताका उक्त कार्यक्रम गरेको महासंघले जानकारी दिएको छ ।
महासंघले अन्तर्राष्ट्रिय महिला दिवस २०२२ (ब्रेक दि बायस)को अवसरमा, महिला उद्यमी महासंघले साना तथा मझौला महिला उद्यमी, बैंकिङका साथै नेपाल सरकारका प्रतिनिधिहरुसगँ “दिगो भविष्यका लागि लैंगिक समानता” विषयमा भर्चुअल माध्यमबाट प्यानेल डिस्कसन समेत आयोजना गरेको हो ।
प्यानल डिस्कसन कार्यक्रममा विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरुले आफ्नो व्यवसायीक यात्राका क्रममा आइपरेका लैंगिक चुनौतिहरुका बारेमा अनुभव साटासाट गरेका थिए ।
उक्त प्यानल डिस्कसनमा महिला उद्यमी महासंघकी सस्थापक सदस्य एवंम नेपाल होटल एसोसियसनकी अध्यक्ष सृजना राणाले कोभिडले जनमानसमा धेरै नकारात्मक प्रभाव ल्याएको बताइन्। केभिडले नकारात्मक प्रभाव पारेपनि त्यसले आन्तरिक पर्यटनमा बृद्धि गरेको जस्ता केही सकारात्मक प्रभाव पनि ल्याएको उनले बताइन् ।