तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माण थालिएको चार वर्षमा यसको भौतिक प्रगति १६.१० प्रतिशत मात्र छ । नेपाली सेनाको निर्माण व्यवस्थापन रहेको फास्ट ट्र्याकमा मुख्य निर्माणको काम अझै सुरु हुन सकेको छैन । तर सेना भन्छ, तोकिएको समय २०८०/८१ भित्र निर्माण सक्छौं । समयमै विस्तृत परियोजना रिपोर्ट (डीपीआर) स्वीकृत नहुँदा निर्माणमा ढिलाइ भएको सेनाले जनाएको छ ।