नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार उपत्यकाको हकमा वाणिज्य बैंकहरूका तोकिएका शाखाहरूबाट पनि यस पटक नयाँ नोट वितरण गरिनेछ ।
त्यस्तै उपत्यकाबाहिरको हकमा भने प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकले तोकिएको शाखामा गएर नोट सटही गर्न अनुरोध गरेको छ ।
नोट साट्न जाँदा स्वास्थ्य मापदण्ड पालना गर्न पनि राष्ट्र बैंकले अनुरोध गरेको छ ।