विवादपछि दिक्तेलमा सभापति देउवाको हस्तक्षेप, हेलिकप्टर चढेर गएका पोखरेलको टिकट खोसियो

खोटाङ । नेपाली काँग्रेसको तर्फबाट दिक्तेल नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गराउन हेलिकप्टरबाट खोटाङ पुगेका धर्मराज पोखरेलको टिकट खोसिएको छ । काँग्रेसको प्रदेश नम्बर १ का सभापति उद्धव थापाले हस्ताक्षर गरेको पत्रसहित खोटाङ पुगेका पोखरेललाई काँग्रेस कार्यकर्ताहरूले कुटपिट गरेपछि प्रहरीले उनलाई जोगाएको थियो । असन्तुष्ट कार्यकर्ताहरूले पोखरेललाई लखेटेको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । […]

सम्बन्धित सामग्री

उपल्लो डोल्पामा  कर्मचारी लिन उडेको सेनाको हेलिकप्टर बीच बाटोबाटै फर्कियो

सुर्खेत : उपल्लो डोल्पामा अलपत्र कर्मचारी लिन सदरमुकाम दुनैबाट उडेको सेनाको हेलिकप्टर बीच बाटोबाटै फर्किएको छ। बीच बाटो पुगेपछि हावाको चाप बढेपछि फोक्सुन्डो तालबाट हेलिकोप्टर फर्किएको प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए।उपल्लो डोल्पाका विभिन्न ठाउँमा चुनाव गराउन गएका करिब १५० कर्मचारी अलपत्र परेको उनले बताए। हेलिकप्टर डोल्पामै रहेकाले पुनः उपल्लो डोल्पा पठाउन प्रयास गरिने बताइएको छ।

विमान दुर्घटनास्थलमा हेलिकप्टर परिचालन, सेनाको रेस्क्यु टिम कोबाङ्गमा

तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर  विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको ठाउँमा हेलिकप्टर परिचालन गरिएको छ । नाउरिकोटबाट फिस्टेल र कैलाश एयरको हेलिकप्टर घटनास्थलतर्फ परिचालन गरिएको  नागरिक उड्डयन कार्यालय मुस्ताङका एयर ट्राफिक कन्ट्रोलर पुष्कल राज शर्माले रातोपाटीलाई बताए । यार्सागुम्बा टिप्न गएका बाग्लुङका एकजनाले सुरक्षाकर्मीलाई फोटो पठाएपछि थासाङ गाउँपालिका–२ सानोस्वाँरेमा स्थित मानापाथी हिमालको फेदीमा तारा एयरको विमान दुर्घटना भएको पुष्टि भएको छ । दुर्घटन

दुई हेलिकप्टर पोखरा र एउटा जोमसोम फर्कियो, आइतबारको खोज स्थगित

आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक-पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित

हिउँमा फसेकाको उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फिर्ता

जुम्ला : तातोपानी गाउँपालिका–८ का हिउँमा फसेका नागरिकलाई उद्धार गर्न गएको हेलिकप्टर राहत दिएर फर्किएको छ।गाग्रीलेकको पाटनमा जडिबुटी संकलन गर्न गएका वेला हिउँमा फसेका व्यक्तिलाई उद्धार गर्न कर्णाली प्रदेश सरकारले हेलिकप्टर पठाएको थियो।बिहीबार भएको हिमपातका कारण जडिबुटी संकलनका लागि पाटन क्षेत्रमा गएका तातोपानी–८ का ३४ जना स्थानीय बासिन्दा हिउँमा फसेको सूचना स्थानीयले दिएका थिए।स्थानीयका अनुसार पाटन क्षेत्रको गाग्रीलेकको ऐडी ओडारमा १४/१५ जना‚ गाग्री ओडारमा ६/७ जना र खोटी सल्

१२ घण्टासम्म पौडिएर बाँच्न सफल गेल्ले भन्छन्, 'मेरो मर्ने समय आएको थिएन'

अफ्रिकी देश मडागास्करका एक मन्त्रीले आफू चढेको हेलिकप्टर दुर्घटना भएर समुद्रमा खसेपछि १२ घण्टासम्म पौडिएर किनारमा पुगेको बताएका छन्।उद्धार अभियानमा गएको हेलिकप्टर नै दुर्घटनामा परेको थियो। उद्धारकै क्रममा उनी चढेको हेलिकप्टर दुर्घटनामा परेको थियो।पौडिएर किनारामा आएका मन्त्री सर्गी गेलीले आफ्नो अहिले मर्ने समय नआएको उल्लेख गरेका छन्।हेलिकप्टरमा उनीसँगै उद्धारमा गएका अन्य दुई सुरक्षा अधिकारी पनि सुरक्षित छन्।यो उद्धार टोलीले देशको उत्तरपूर्वी क्षेत्रमा उद्धार गरिरहेको थियो। जहाँ यात्रुवा

हिमाल आरोहणमा बेपत्ता तीन फ्रान्सेलीकाे हेलिकप्टर र पैदलमार्गबाट खोजी जारी

काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् । बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुइस छन् । आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट गत असोज १८ गते खाङतेका हिमाल आरोहणका लागि गएका उनीहरु कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका हुन […]

प्रधानमन्त्री देउवा सुदूरपश्चिमको भ्रमणमा, यस्तो छ पूर्वनिर्धारित कार्यक्रम

४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको अवस्था अवलोकन गर्न आज सुदूरपश्चिम गएका छन् । प्रधानमन्त्री देउवा शुक्रबार काठमाडौं फर्किने कार्यक्रम छ । उनी आज नेपाली सेनाको हेलिकप्टर चढेर काठमाडौंबाट सुर्खेत हुँदै दिपायल पुग्ने कार्यक्रम छ । पूर्वनिर्धारित कार्यक्रमअनुसार प्रधानमन्त्री देउवाले दिपायलको सैनिक व्यारेकमा ब्रिफिङ लिएपछि बझाङको थलारा, चैनपुर र बैतडीको ढुंगाडको अवस्था […]

महाकालीको बाढीमा फसेका पाँचजनाको हेलिकप्टरबाट उद्धार

२ कात्तिक, धनगढी। कञ्चनपुरमा महाकाली नदीमा फसेका पाँच जनाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको भीमदत्त नगरपालिका-९ खल्ला मसेट्टीमा महाकालीको बाढीमा सोमबार रातिदेखि फसेका पाँचजनाको मंगलबार साँझ नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सिद्धराज न्यौपानेले कुखुराको फार्म कुर्न गएका बेला महाकालीको बाढीमा फसेका […]

हेलिकप्टर चढेर गगन थापा विश्वासको मत दिन काठमाडौं आउँदै

काठमाडौं : नेपाली कांग्रेसका सांसद हेलिकप्टर चढेर विश्वासको मतका लागि काठमाडौं आउने भएका छन्। दुई दिनदेखि पोखरामा रहेका उनी स्थल मार्गबाट काठमाडौं आउने क्रममा पहिरोले बाटो रोकिएपछि हेलिकप्टरबाट आउन लागेका हुन्।    नेपाली कांग्रेसका नेता रामजी कुँवरको स्मृति सभामा भाग लिन शनिवार गगन पोखरा गएका थिए। दमौली नजिकै पहिरोले बाटो…