आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान खोज्न परिचालित हेलिकप्टर पोखरा र जोमसोम फर्किएको छ । खराब मौसमका कारण खोज तथा उद्धारमा परिचालित हुन नसकेपछि हेलिकोप्टर फर्किएको हो । थासाङ गाउँपालिकाका उपाध्यक्ष सोमल हिराचनकाअनुसार मुस्ताङको कोवाङ आसपासबाट खोजीका लागि उडान भर्न पटक-पटक प्रयास गरिएपनि बाक्लो हुस्सुका कारण खोजी कार्य सम्भव नभएपछि खोजी तथा उद्धारका लागि गएका दुई हेलिकोप्टर पोखरा र नेपाली सेनाको हेलिकप्टर जोमसोम गएको छ । हिराचनकाअनुसार अब आइतबारका लागि हेलिकोप्टरबाट खोजी कार्य स्थगित